२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

आइजिपी अगाडि सिद्धार्थनगरका मेयरले भने ट्राफिकबाट दुख पाए

आइजिपी अगाडि सिद्धार्थनगरका मेयरले भने ट्राफिकबाट दुख पाए

आइजिपी अगाडि सिद्धार्थनगरका मेयरले भने ट्राफिकबाट दुख पाए

आइजिपी अगाडि सिद्धार्थनगरका मेयरले भने ट्राफिकबाट दुख पाए

आइजिपी अगाडि सिद्धार्थनगरका मेयरले भने ट्राफिकबाट दुख पाए
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • भैरहवा । सिद्धार्थनगरका मेयर ईस्तियाक अहमद खानले हामीले ट्राफिक प्रहरीबाट दुख पाएको बताएका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै मेयर खानले ट्राफिक प्रहरीले इरिक्साको सम्बन्धमा कुनै सहयोग नगरेको बताए ।

    मेयरले मात्रै सबै व्यवस्थापन नहुने भन्दै उनले प्रशासन, प्रहरी र ट्राफिकले सहयोग गरेमात्र काम गर्न सकिने बताए ।  बस समितिले भनेपछि काम हुने तर स्थानीय सरकारको मेयरले भनेपछि काम नहुने भन्दै मेयर खाँले नेपाल प्रहरी संगठनका प्रमुख आइजीपि बसन्त कुवरलाई नै प्रश्न गरे । ‘यस्को लागि मैले गर्नुप¥यो , अइजीपी सबले बताईदिनु पर्छ । मेयरको पावर पनि केहो बताइदिनु प¥यो । ’

    ‘रोडले कति क्षमताको गाडी धान्न सक्छ, त्यही अनुसार गुड्ने अनुमति दिनुपर्छ । रोड विग्रनुको कारण ओभरलोड भएकोले चिटको आधारमा ओभरलोड नघट्ने बताए । ओभर लोडले सडक संरचना भत्किदै गएका छन, रोडको सुधार जब सम्म गाडीले रोडको क्षमता अनुसारको गुड्छ अनि मात्रै हुने’ मेयर खाँले भने । 

    अहिलेको रोडको अवस्थाले यहाँ आउने पर्यटकले दुख पाइरहेका छन । केन्द्रले जति पनि नियम कानुन लगाए यहाँ फेल हुने बताउदै आइरहेको पर्यटकलाई दुख नदिन उनले आग्रह गरे । यस्तो प्राकृतिक सम्पदा संसारमै कहि नभएकोले पर्यटकको लागि ठूलो सम्भावना रहेकोले र्फाइदा उठाउन सकिएको छैन । हाम्रो फोकस टुरिजम हाे, अर्बो लगानी पर्यटन क्षेत्रमा भएका छन, होटलहरु खाली छन । 

    जब सम्म आइजीपि साहबको निर्देशनमा पुलिसले लाइन लेन्थ मिलाउदैन भने विकास नहुने बताए । प्रहरी माथि नै निर्भर रहेकोले अइजीपि सामु ध्यानआकृष्ठ गराए । यस्मा फोकस गरे रोड पनि राम्रो हुने र टुरिजमको पनि विकास हुने उनले भने । 
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij