२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाडौँ । काठमाडौं महानगरपालिका-२६ निखिलमार्गस्थित गेष्टहाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६३ मिलिग्राम सहित दाङ घोराही उपमहानगरपालिका-९ घर भई ललितपुर सानेपा बस्ने २५ वर्षीय मनिष शाह समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले गेस्टहाउसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    कञ्चनपुर, बेदकोट नगरपालिका-९ सुन्दरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सागर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    लागूऔषध नियन्त्रण व्यूरो, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी सुडाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

    कास्की, पोखरा महानगरपालिका-१ धोबीगौडा बस्ने २९ वर्षीय विराज रजकलाई उनकै घरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ७ सय ५० ग्राम र नियन्त्रित लागूऔषध नाईट्रोभेट २१ चक्की सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाइ छिपाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij