२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

शंखमुलमा पुल हाउस सञ्चालकको हत्या आरोपमा एक पक्राउ

शंखमुलमा पुल हाउस सञ्चालकको हत्या आरोपमा एक पक्राउ

शंखमुलमा पुल हाउस सञ्चालकको हत्या आरोपमा एक पक्राउ

शंखमुलमा पुल हाउस सञ्चालकको हत्या आरोपमा एक पक्राउ

शंखमुलमा पुल हाउस सञ्चालकको हत्या आरोपमा एक पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाडौं  । शंखमुलमा पुल हाउस सञ्चालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१० साइबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका छन्।

    कुमारलाई बुधबार बिहान सवा १० बजे उनको कोठाबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले बताए।

    भदौ १० गते बिहान राति करिब १ स् ५० बजे शंखमुल साइबाबा पार्कस्थित एउटा घरमा सञ्चालन गरिएको पुल हाउसभित्र ४१ वर्षीय रुपक वान्तवाको हत्या भएको थियो। उक्त पुल हाउस वान्तवाले नै सञ्चालन गर्दै आएका थिए।

    पुल हाउसमा गम्भीर अवस्थामा भेटिएका वान्तवाको उपचारको क्रममा सिभिल अस्पतालमा बिहान साढे २ बजे मृत्यु भएको थियो।

    वान्तवालाई शरीरका विभिन्न भागमा रड प्रहार गरिएको थियो। कुमारको कोठाबाट घटनामा प्रयोग भएको रडसमेत प्रहरीले बरामद गरेको छ।

    रजौरेका अनुसार वान्तवाको पूर्वरिसिइबीको कारण हत्या भएको खुलेको छ। कुमार साइबाबा पार्कस्थित टहरामा डेरा गरी बस्दै आएका थिए।

    तर, उक्त रिसिइबीबारे सबै स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ। ‘सानो सानो कुरामा झगडा हुने गरेको र त्यही झगडाको कारण हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ रजौरेले भने।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij