२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रामग्राममा जेष्ठ नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै

रामग्राममा जेष्ठ नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै

रामग्राममा जेष्ठ नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै

रामग्राममा जेष्ठ नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै

रामग्राममा जेष्ठ नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • परासी ।  पश्चिम नवलपरासीमा जेष्ठ नागरिकसंग मेयर कार्यक्रम प्रभवाकारी रुपमा संचालन भएको पाईएकोे छ ।

    रामग्राम नगरपालिकाले संचालन गरेको जेष्ठ नागरिकसंग मेयर कार्यक्रम प्रभवाकारी रुपमा संचालन भएको पाईएकोे हो । नगरपालिकाले १८ वाटै वडाहरुमा जेष्ठ नागरिक बृद्धबृद्धाहरुलाई घरमै पुगी स्वास्थ्यकर्मीहरु स्वास्थ्य परीक्षण र औपधी उपचार गरिहेको  त्यसाबाट जेष्ठ नागरिकले भरपूर्ण लाभ लिने गरेको पाईएको छ ।

    रामग्राम वडानं १६ जमुनियाका जेष्ठ नागरिक मोहन बहादुर मल्लले स्वास्थ्यकर्मीले घरमै आई चेकजाच र औषधी दिने गरेको र घरमै सेवा पाउँदा अत्यन्त खुशी लागेको बताए । 

     

    यस्तै रामग्राम वडान १६कै जेष्ठ नागरिक बल बहादुर लोहारले  घरमै स्वास्थ्यकर्मी आई स्वास्थ्य चेकजाँच गर्ने र औषधी उपचार गर्नाले हामी निकै हार्षित भएको बताए ।

    ६५ बर्ष भन्दा माथिका लक्षित गरी जेष्ठ नागरिकसंग मेयर कार्यक्रम संचालन गरिएको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताए । 


    जेष्ठ नागरिकलाई ब्लडप्रेशर पल्स तापक्रम सुगर, पिसाब जाँच गर्ने उच्च रक्ताचाप, मधुमेह दम दिईरहेको,र टीबी कृष्ठरोग औलो तथा अन्य स्वास्थ्य समस्याहरुको जाँच तथा पहिचान गरी उपचार सल्लाह दिने गरिएको मेयर यादवले बताए ।जेष्ठ नागरिकलाई प्रत्येक महिनाको एक पटक जेष्ठ नागरिकको घरमै पुगी स्वास्थ्यकमीहरुले स्वास्थ्य परीक्षण र औषधी उपचार दिने गरेको यादवले जानकारी दिए  । 


    नगरपालिकाले २०७७ साल माघ महिनाबाट जेष्ठ नागरिकसंग  मेयर कार्यक्रम सुरु गरेको थियो । नगरपालिकाले आर्थिक बर्ष २०७९।८० मा मासिक रुपमा दुई हजार आठ सय ८२ जना जेष्ठ नागरिकले सेवा दिईएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए ।उनको अनुसार २०८०।०८१मा तीन हजार एक सय ४५ जना जेष्ठ नागरिकलाई सेवा दिईएको बताए ।

    नगरपालिकाले ७० भन्दा माथिका जेष्ठ नागरिकलाई स्वास्थ्य बिमा निशुल्क गरिएको बताउदै हरिजनले नगरले यस आ.बमा थप परिमार्जन सहित ७० भन्दा माथिका २४ जनालाई मासिक रुपमा सेवा दिईने योजना रहेको  जानकारी दिए । यो कार्यक्रम सो उमेर समूहमा हुने नसर्ने रोगहरुको न्यूनिकारण अत्यन्त मदत पुग्ने देखिएको नगरपालिकाले जानएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij