२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ब्राजिलमा १७६ नेपाली अलपत्र, अवैध तरिकाले पूग्दा समस्या भएको दूतावासद्वारा जानकारी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौँ । अवैध तरिकाले गएका १७६ जना नेपाली नागरिक ब्राजिलको साओ पाउलो विमानस्थलको ट्रान्जिट परिसरमा अलपत्र परेका छन् । अमेरिका लगिदिने मानव तस्करको प्रलोभनमा परेर उनीहरू ब्राजिलमा अलपत्र परेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले ब्राजिलस्थित नेपाली दूतावासको पहलमा नेपाली नागरिकलाई सुरक्षित राख्न पहल भइरहेको जानकारी दिए । त्यहाँ अलपत्र परेका सबै नेपाली नागरिक सुरक्षित रहेको दूतावासले जानकारी दिएको उनले बताए । 

    विगतमा यसरी ब्राजिल पुगेका विदेशी नागरिकले राजनीतिक शरणार्थीका लागि निवेदन दिएपछि त्यहाँ बस्ने अनुमति पाउने गरेका थिए तर यो व्यवस्था केही दिनअघि मात्र ब्राजिल सरकारले खारेज गरिदिएपछि त्यहाँ पुगेका नेपाली विमानस्थलमै अलपत्र परेका हुन् । यस विषयमा के कसरी समाधान गर्ने भनेर ब्राजिलका सरोकारवाला निकायसँग परामर्श भइरहेको प्रवक्ता राईले जानकारी दिए । 

    अलपत्र परेकालाई स्वदेश फिर्ता पठाउने वा के गर्ने भन्ने विषयमा ब्राजिल सरकारले औपचारिक रूपमा केही भनेको अवस्था छैन । फिर्ता गर्नुपर्ने अवस्था आएमा अवैद्य रूपमा लगेर अलपत्र पार्ने एजेन्टहरूलाई जिम्मेवार बनाएर उनीहरूमार्फत नेपाली नागरिक फिर्ता ल्याउन भन्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij