२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

माओवादी युद्धकालकै बम छुटेको अनुमान, हथौडाले फुटाउन खोज्दा दाजुबहिनीको गयो ज्यान

माओवादी युद्धकालकै बम छुटेको अनुमान, हथौडाले फुटाउन खोज्दा दाजुबहिनीको गयो ज्यान

सकेट बम पड्किएको घरका धनी आइतराज माओवादीका कार्यकर्ता

माओवादी युद्धकालकै बम छुटेको अनुमान, हथौडाले फुटाउन खोज्दा दाजुबहिनीको गयो ज्यान

माओवादी युद्धकालकै बम छुटेको अनुमान, हथौडाले फुटाउन खोज्दा दाजुबहिनीको गयो ज्यान

सकेट बम पड्किएको घरका धनी आइतराज माओवादीका कार्यकर्ता

माओवादी युद्धकालकै बम छुटेको अनुमान, हथौडाले फुटाउन खोज्दा दाजुबहिनीको गयो ज्यान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • विराटनगर । पाँचथरको फलेलुंग गाउँपालिका वडा नम्बर ५ प्राङवुङको डाडागाउँका दिलीप साँवा वैदेशिक रोजगारीका लागि दुवइमा छन् । उनकी श्रीमती पूजा बिहीबार मेला गइन् । छोरो दिप्सन साँवा विद्यालय गए ।

    विद्यालयमा परीक्षा भएका कारण उनी छिट्टै फर्किए । घरमा सानी अढाई वर्षकी बहिनी प्रिन्सा थिइन् । स्कुलबाट फर्किएपछि उनी बहिनीलाई लिएर साथी पवन राईको घर गए । पवनको घर र दिप्सनको घर भन्दा ४ मिनेटको दूरीमा पर्छ ।

    पवनकै घरमा उनीहरूका साथी दिप्सन राई पनि भेला भए । पवनका बुबा ज्ञानबहादुर राई ज्याला मजदुरी गर्छन् । उनी काम गर्न पाँचथरको सदरमुकाम फिदिम झरेका छन् । बिहीबार केटाकेटी घरमा भेला भएपछि पवनकी आमा बारीमा काम गर्न गइन् ।

    खेल्ने क्रममा उनीहरूले पवनको घरको दाइने पट्टी बल जस्तो बस्तु भेट्टाए । फलेलुंग गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष भरत कुमार खपांंगीले भने, ‘बल जस्तो बस्तु खेलाउँदा विस्फोट भएर साँवाका छोराछोरीकै मृत्यु भयो । पवन र दिप्सन राई घाइते भएका छन् ।’

    विस्फोटमा परि घाइते भएका पवन राईले खपांगीलाई बताए अनुसार अनौठो वस्तु फेला पारेपछि उनीहरूले त्यसलाई फुटाउन खोजे । ढुङ्गाले हान्दा पनि नफुटेपछि उनीहरूले हतौडाले हाने । हतौडा दिप्सनले हानेका थिए । उनको छेउमै थिइन उनकी बहिनी ।

    वडाध्यक्ष खपांगीले हतौडाले अनौठो बस्तुमा हान्ने दिप्सन र उनकी बहिनी प्रिन्साको मृत्यु भएको छ । पवन र दिप्सन घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

    बम विस्फोट भएको घर भने आइतराज केरुङको हो । उनी माओवादीको फालेलुंग गाउँ स्तरीय नेता हुन् । माओवादीको स्थानीय गाउँ सङ्गठनमा काम गरेका आइतराज भने व्यापारका लागि फिदिम बजार आएका छन् ।

    व्यापारका लागि आइतराज फिदिम आएपछि खाली भएको ज्ञानबहादुरको परिवार बस्दै आएको छ । ज्ञानबहादुरलाई केरुङले घर राख्न राखेको वडाध्यक्ष खापुंगले बताए ।

    द्वन्द्वकै बेलाको हतियार

    पाँचथरको फालेलुंगमा विस्फोट भएको बम द्वन्द्वकालकै बेलामा छुटेको हुन सक्ने सुरक्षाकर्मीले अनुमान गरेको छ । विस्फोटक भएको बम घरमै बनाइएको हो । यो मेसिन मेड होइन । प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले भने, ‘हेर्दा पुरानो छ । खिया लागेको छ । यो पुरानो हतियार हो ।’

    उनले सकेटहरू प्रयोग गरेर घरमा बनाएको हतियार भएको बताए । उनले द्वन्द्वका बेला छुटेको हुन सक्ने बताए । बम विस्फोट भएपछि खोजतलास गर्दा सोही ठाउँमा अर्को पनि शङ्कास्पद बस्तु फला परेको दाहालले बताए ।

    अहिले सो बस्तु डिस्पोज गर्न नेपाली सेनाको प्राविधिक टोली पुगेको छ ।

    पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले पुरानो द्वन्द्वकालकै विस्फोटक भएको बताए । उनले भने, ‘अहिले सम्म यो नयाँ हो भन्ने पुष्टि भएको छैन ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij