२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लक्ष्मी-नारायणहरुको निशुल्क दन्त उपचार सुरु

लक्ष्मी-नारायणहरुको निशुल्क दन्त उपचार सुरु

लक्ष्मी-नारायणहरुको निशुल्क दन्त उपचार सुरु

लक्ष्मी-नारायणहरुको निशुल्क दन्त उपचार सुरु

लक्ष्मी-नारायणहरुको निशुल्क दन्त उपचार सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • बुटवल । पैसाको अभावमा कसैले दुखाई सहन नपरोस् पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस् भन्ने उद्देश्यको साथमा मानव सेवा आश्रमका आश्रितहरूको निःशुल्क दन्त उपचार सुरु भएको छ । 

    मानव सेवा आश्रम रुपन्देहीमा आश्रित रहेका लक्ष्मी - नारायणहरुको निःशुल्क दन्त उपचार कार्यक्रमको शुक्रवार तिलोत्तमामा रहेको मानव सेवा आश्रममा शुभारम्भ गरिएको हो । 

    मानव सेवा आश्रमको आयोजना  तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्स , रोटर्‍याक्ट लुम्बिनी स्टार्स र आधुनिक समाज विकास फाउन्डेसनको समन्वय तथा आधुनिक समाज डेन्टल केयर प्रालीको प्राविधिक सहयोगमा निःशुल्क उपचार शुभारम्भ भएको हो ।

    457231118_10229982781905264_9220557401137061409_n.jpg

    कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले समाजको सुधारको लागि युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । समाजमा मानवीय संवेदना हराउँदै गएको बताउँदै मानवीय कार्य गर्नु अहिलेको आवश्यकता रहेको बताए । 

    तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै मानव सेवामा अश्रुतलाई यो कार्यमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । 

    आधुनिक समाज डेन्टलका अध्यक्ष अमृत भुसालले मुख स्वास्थ्यको क्षेत्रमा आफूहरू विगतका वर्षहरूमा देखी नै लागिरहेको बताए । उनले गत वर्ष मुख स्वास्थ्य शिक्षा कार्यक्रमलाई अगाडी बढाएर १ लाख बढी बालबालिकालाई शिक्षा प्रदान गरेको बताउँदै यो वर्ष आफ्नो पिडा खुलेर बताउन नसक्ने व्यक्तिहरूलाई निःशुल्क दन्त उपचार प्रदान गर्ने उद्देश्यअनुरूप काम गरिरहेको बताए । 

    WhatsApp Image 2024-08-30 at 12.47.18 PM.jpeg


    आधुनिक समाज डेन्टल प्रालिले भ्यान नै लगेर आश्रममै उपचार सेवा दिइरहेको छ । मुख स्वास्थ्य अभियानको रूपमा रहेको प्रालिले गाउँ गाउँमै मोबाइल एम्बुलेन्स जस्तैगरि दन्त उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

    आधुनिक समाज डेन्टलका वरिष्ठ मुख स्वास्थ्य चिकित्सक सुनिल खरेलले मानवीय सेवा गर्न पाउनु निकै खुसीको कुरा भएको बताए । 


    कार्यक्रममा मानव सेवा अभियन्ता सरु अधिकारी, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका पूर्व अध्यक्ष बालकृष्ण पाण्डे,  रोटर्‍याक्ट लुम्बिनी स्टार्सका कार्यवाहक अध्यक्ष गौरव पाण्डे , रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष नीरज पाण्डे, क्लबका निर्वाचित अध्यक्ष विमल ढकाल, मानव सेवा आश्रम रुपन्देही शाखा संयोजक टीका थापा लगायतले मानवीय कार्यले निरन्तरता पाउनुपर्ने बताउँदै यस्ता कार्यक्रममा सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij