परासी ।पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा १६मा सर्पदंश तथा डेंगु राेग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरिएकाे छ। रामग्राम जेसीजको आयोजना एवं रामग्राम नगरपालिका, द प्याराडाईज नेशनल बाेडिग स्कुल हकुईको सहकार्य र ईन्देणी सामाजिक विकास मञ्चको प्राविधिक सहयोगमा सर्पदंश तथा डेंगु राेग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरिएकाे हाे ।
द प्याराडाईज नेशनल बाेडिग स्कुलका कक्षा ८,९र १० का बिद्यार्थीहरूलाई लक्ष्ति गरि सर्पदंश तथा डेंगु राेग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएकाे जेसिजका अध्यक्ष मोहन पौडेलले बताए ।बढ्दाे गर्मीसँगै बर्षाकाे माैसममा सर्प र लामखुट्टेको धेरै बिगविगी हुने तथा दिनप्रतिदिन डेंगु राेग ,सर्पदश बढिरहेकोले विद्यार्थीलाई सचेत गराऐर न्यूनिकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम गरिएको रामग्राम जेसिज बर्ष २०२४ का अध्यक्ष माेहन पाैडेलले जानकारी दिए ।
जेसिजलाई समाजमा चिनाउने र जेसिजकाे माध्यमबाट ग्रामिण क्षेत्रकाे जनतालाई सचेत गराएर समाज परिवर्तनमा भूमिका खेल्न ग्रामीण क्षेत्रका बिद्यार्थीहरूलाई सचेतना जगाईएको अध्यक्ष पाैडेलले बताए ।डेगुबाट कसरी बँच्ने, डेगु राेग लागेमा के गर्ने,लाग्न नदिन कसरी सावधानी अपनाउने र सर्पदशबाट बँच्ने उपाय लगायतका विषयमा ईन्देणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक पुष्पराज आर्चायले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाकि नगर उप्रमुख सम्झना चाैधरीले बढ्दाे गर्मी र बर्षाकाे माैसममा देखिने डेगु र सर्पदशबाट सचेत हुनुपर्नेमा जाेड दिदै कसरी बँच्ने ,यसबाट सा बधानी अपाउनुपर्ने बताईन । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सन्दिप अग्रहरीले विशेषगरी गर्मिमा सर्प निस्कने भएकोले बच्न र लामखुट्टेको प्रकाेपबाट बच्न बिद्यार्थीलाई आग्रह गरे ।
कार्यक्रममा रामग्राम वडा न १५ वडाअध्यक्ष धनपत यादव, वडा न १६ वडाध्यक्ष विजय यादव,द प्याराडाईज नेशनल बाेडिग स्कुलका संचालक बलिराम यादव,जेसीजका प्रकरण निर्देशक निरज ज्ञवाली लगायतले धारणा राखेको रामग्राम जेसीजका उपाध्यक्ष उमेश कोहारले बताए ।




