२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुद्ध सामुदायिक टेलिभिजनद्वारा रक्तदान, २६ युनिट संकलन

बुद्ध सामुदायिक टेलिभिजनद्वारा रक्तदान, २६ युनिट संकलन

बुद्ध सामुदायिक टेलिभिजनद्वारा रक्तदान, २६ युनिट संकलन

बुद्ध सामुदायिक टेलिभिजनद्वारा रक्तदान, २६ युनिट संकलन

बुद्ध सामुदायिक टेलिभिजनद्वारा रक्तदान, २६ युनिट संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १५ २०८१
शनिवार, भाद्र १५ २०८१
  • बुटवल । शान्तीका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायीक टेलिभिजनको १६ आँै वार्षिकोत्सवको सप्ताहब्यापी कार्यक्रम अन्तरगत शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 


    रक्तसञ्चार केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदानमा २६ युनिट रगत संकलन भएको छ । 


    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले बुद्ध सामुदायीक टेलिभिजनले सामाजिक उत्तरदायीत्वका कार्यहरु गर्दै आएकोमा आफुलाई खुसी लागेको बताए।

    उनले रगतको अभावमा कसैको ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले संस्थागत रुपमा रक्तदान गर्दा बुटवल क्षेत्रमा रगत अभाव नभएको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले समाज रुपान्तरणको लागि बुद्ध सामुदायीक टेलिभिजनको भुमिका महत्त्वपूणर् रहेको बताउँदै बिगतमा पनि समाज परिबर्तन गर्न बुद्धले विभिन्न कार्यक्रम गरेको स्मरण गरे।

     
    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रक्तदान जिवनदान रहेको बताउदै धेरै रगत दान गरेर ब्यक्तिलाई सहयोग र योगदान गर्न सकिने भएकोले नियमित रक्तदान गर्न सुझाब दिए । 


    नेपाल नियमित रक्तदाता समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष एवं होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले जिवनदान जस्तो कार्यमा मिडियाको क्षेत्रबाट बुद्ध टेलीभिजन सधै अगाडी रहेकोमा खुसी ब्यक्त गरे।उनले टेलिभिजनको वार्षिकोत्सवको अवसरमा शुभकामना ब्यक्त गरे।

    received_478334845105931.jpeg


    बुद्ध सामुदायीक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले स्थापना पछि बिभिन्न आरोह अवरोह पार गर्दै टेलिभिजन १७ आँै वर्षमा प्रवेश गरेको बताउदै स्थापना देखी यहाँसम्म ल्याईपुर्‍याउनुहुने सम्पूणर्लाई धन्यबाद ब्यक्त गरे । 


    कार्यक्रममा टेलिभिजनका कार्यकारी प्रमुख कपिल ज्ञवालीले सामाज रुपान्तरणको लागि बुद्ध सामुदायिक टेलीभिजनको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै हरेक क्षेत्रलाई झकझकाउँदै समाजलाई विकासको गतिमा अगाडी बढाउन पहल गर्दै आएको बताए। 


    बुद्ध सामुदायीक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा कार्यक्रमको सञ्चालन टेलिभिजनका कार्यक्रम संयोजक खेमराज रेग्मीले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij