२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लागुऔषध सम्बन्धी सचेतना प्रदान

लागुऔषध सम्बन्धी सचेतना प्रदान

लागुऔषध सम्बन्धी सचेतना प्रदान

लागुऔषध सम्बन्धी सचेतना प्रदान

लागुऔषध सम्बन्धी सचेतना प्रदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १५ २०८१
शनिवार, भाद्र १५ २०८१
  •  

    बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल ४ क्लबको संयुक्त आयोजनामा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    लायन्स क्लब अफ बुटवल सिटी, ल्यान्स क्लब अफ बुटवल बुद्धभुमी, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द्र र ल्यान्स क्लब अफ बुटवल ग्रेसको संयुक्त आयोजनामा शुक्रबार बुटवलको मोतिपुर माध्यमिक विद्यालयमा लागु औषध सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । 


    सचेतना कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै डिस्ट्रीक ३२५ पि नेपाल २०२४÷२५ का गर्भनर एमजेएफ पुरुषोत्तमभक्त प्रधानाङ्गले बालबालिकाहरुलाई घर परिवारसँगै विद्यालय पनि निगरानी गर्नु पर्ने बताए ।

    साथै उनले पछिल्लो समय विद्यालय उमेर समूहका किशोरकिशोरीहरु लागुऔषध दुव्र्यसनमा फसेको बताउँदै उनीहरुलाई विद्यालय र घरपरिवारले निगरानी गरे त्यसबाट छुटाउन सकिने बताए । 


    सतेचना कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक कपिल केसीले लागु औषध दुर्व्यसनले व्यक्ति राष्ट्र परिवार, समाज र राष्ट्रलाई  पर्ने असर र क्षतिका बारेमा प्रशिक्षण दिएका थिए ।

    उनले लागु औषधमा व्याक्तिको व्यवहारमा देखिने परिवर्तन र सुधार्न सकिने अवस्था बारे सचेत हुन अभिभावकलाई आग्रह गर्दै लागु औषध सम्बन्धि कानुन बारे विद्यार्थीलाई सचेत गराएका थिए । साथै प्रहरीले लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना अभियान पनि संचालन गरिरहेको प्रहरी निरीक्षक केसीले बताए । 


    यस्तैगरि लायन्स क्लब अफ बुटवल ग्रेसका अध्यक्ष नारायणप्रसाद पन्थीले विद्यार्थीहरुलाई सचेत गराउनका लागि र लागु औषधमा नफसुन भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । 


    कार्यक्रममा फस्ट भिडिजि पिएमजेएफ बालाराम भटट्राई, सेकेन्ड भिडिजि एमजेएफ सन्दिप कशौधन, मनोरोग विशेषज्ञ डा. असिम रेग्मी लगायतले बालबालिकाको निगरानी गरेको अवस्थामा आगु औषध दुव्र्यसनीमा फसनबाट जोगाउन सकिने बताएका थिए । 


    यस्तै विद्यालयका प्रध्यानाध्यपाक लक्ष्मण मरासीनिले क्लबलाई धन्यवाद दिँदै विद्यालयको एक्लो प्रयासबाट मात्रै लागु औषध दुव्र्यसनीबाट जोगाउन नसकिने भएकाले यसमा सबैको सहयोग आवश्यक पर्ने बताए । क्लबको स्थापनासँगै विभिन्न सामाजिक कार्यक्रममा क्रियाशिल रहँदै आएको र आगमी दिनमा पनि यसलाई अझ प्रभावकारी रुपमा निरन्तरता दिने ल्यान्स क्लब अफ बुटवल बुद्धभूमिका अध्यक्ष मोहन भट्टराईले बताए । 


    कार्यक्रम ल्यान्स क्लब बुटवल ग्रेसका अध्यक्ष नारायणप्रसाद पन्थीको अध्यक्षता र ल्यान्स क्लब अफ बुटवल सिटीका कोषाध्यक्ष भुवन भुसालको संचालन र ल्यान्स क्लब अफ बुटवल सिटीका अध्यक्ष जीवन अधिकारीको संयोजनमा कार्यक्रममा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij