२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पारदर्शी सहकारीद्वारा तीज मिलन

पारदर्शी सहकारीद्वारा तीज मिलन

पारदर्शी सहकारीद्वारा तीज मिलन

पारदर्शी सहकारीद्वारा तीज मिलन

पारदर्शी सहकारीद्वारा तीज मिलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १५ २०८१
शनिवार, भाद्र १५ २०८१
  • बुटवल। पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । सहकारीले शुक्रबार बुटवलमा  उक्त कार्यक्रम गरेको हो । 

    तीजपर्व बर्षेनी भड्कीलो बनिरहेको चर्चाकाबिच पारदर्शी सहकारीको आयोजनामा भएको तीज मिलन कार्यक्रमले भने मौलिकताकाे झल्को दिएको थियो । सामान्य पहिरनमा सजिएका सयौं नारीहरुको सहभागिताले तिज मिलनको रौनकता थपिएको थियो । 

    कार्यक्रममा सहभागिहरुले न महंगा पहिरन लगाएका थिए, नत महंगा गहना नै, झट्ट हेर्दा सहभागी सबै समान देखिन्थे ।

    नयाँ पुस्ताले बेवास्थ गर्दै लगेको घरेलु खाद्यान्य खिर, सेलरोटी लगायतका अर्गानीक परिकारहरुबाट बनेको दरले पनि तीज मिलनलाई खास बनाएको थियो । सामान्य परिवेशमा आयोजना भएको तीज मिलन कार्यक्रमले सरलता झल्काउने प्रयत्न गरेको देखिन्थ्योे ।

    नारीहरु भेला भएर एक आपसमा शुभकामना आदन–प्रदान गर्दै दर खाने र नाँचगाँन गर्दै रमाईलो गर्ने प्रचलन पछिलो समय भड्कीलो बन्दै गएको अवस्थामा सहकारीको तीज मिलन कार्यक्रमले सकारात्मक सन्देश दिएको हो ।

    तीजको नाममा देखिएको विकृतीलाई नत्कार्दै सदभावको रुपमा चाँड मनाउन पारदर्शी सहकारीले तीज मिलन कार्यक्रमको आयोजना गरेको सचीव युबराज न्यौपानेले जानकारी दिए । 

    मौलिक पोशाक र सामान्य घरेलु खानेकुराको प्रयोग गर्दै साधारण तरिकाले तीजको शुभकामना आदन–प्रदान गरिएको उनले बताए ।

    कार्यक्रम संयोजक कल्पना काफ्लेको सभापतित्व तथा सहकारीका कार्यबाहक अध्यक्ष मान बहादुर थापाको  प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आधुनिकता संगै तिजमा धेरै बिकृतिहरु पनि देखिएकोले त्यस्ता बिकृतिलाइ हटाउदै मौलिकताले भरिएको तिज कार्यक्रम मनाउने कुरामा जोड दिएका थिए ।

    शुभकामना आदन–प्रदानसंगै नारीहरुले दर खाएर एक–आपसमा खुशी साट्दै नाँचगाँन गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij