२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

हसिना सरकारका आठ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

हसिना सरकारका आठ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

हसिना सरकारका आठ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

हसिना सरकारका आठ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

हसिना सरकारका आठ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १५ २०८१
शनिवार, भाद्र १५ २०८१
  • काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका छ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन् ।

    प्रतिबन्धमा परेका पूर्वमन्त्रीहरूमा जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफेल, साधनचन्द्र मजुमदार, नुरुल मजिद महमूद हुमायुन, कमल अहमद मजुमदार, शाहजहान खान र कमरुल इस्लाम रहेका छन् ।

    देश छाड्न प्रतिबन्ध लगाइएका ६ पूर्व सांसदहरुमा सलीम उद्दीन, मामुनुर रसिद किरण, कुजेन्द्रलाल त्रिपुरा, काजिम उद्दिन, नूर आलम चौधरी र जियाउर रहमान रहेका छन् ।

    यसैबीच, अदालतले शेख हसिना सरकारमा वाणिज्यमन्त्री रहेका टिपु मुन्शीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । ढाकाको मुख्य महानगरीय मजिस्ट्रेट अदालतले यस्तो आदेश दिएको हो ।

    राजधानीको बड्डा प्रहरी चौकीमा सुमन सिकदार नामका व्यक्तिको हत्या गरेको अभियोगमा मुन्सीलाई हिरासतमा राखिएको छ । उनलाई र्‍यापिड एक्सन बटालियनले पक्राउ गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij