२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपालमा पनि मङ्कीपक्सको जोखिम तर कोरोना जस्तो आत्तिनु नपर्ने

नेपालमा पनि मङ्कीपक्सको जोखिम तर कोरोना जस्तो आत्तिनु नपर्ने

नेपालमा पनि मङ्कीपक्सको जोखिम तर कोरोना जस्तो आत्तिनु नपर्ने

नेपालमा पनि मङ्कीपक्सको जोखिम तर कोरोना जस्तो आत्तिनु नपर्ने

नेपालमा पनि मङ्कीपक्सको जोखिम तर कोरोना जस्तो आत्तिनु नपर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  •  बुटवल । अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स अर्थात् (मङ्की पक्स) को जोखिम नेपालमा पनि रहेको डाक्टरहरूले बताएका छन् । तर कोरोना भाइरस जस्तो आत्तिनु नपर्ने उनीहरूको भनाइ छ ।

    जनस्वास्थ्यविद् डा.शेरबहादुर पुनले विश्वका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट भित्रिन सक्नेतर्फ बेलैमा सचेत हुनुपर्नेमा जोड दिएका छन ।

    जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था जाइका एमुनाई एशोसिएशनले काठमाण्डौमा गरेको कार्यक्रममा डा.पुनले विगतमा स्वाइन फ्लू र कोभिडको प्रकोप पनि दक्षिण एशियाली क्षेत्रसम्म त्यसैगरी आइपुगेको जानकारी दिए ।

    अरु ठाउँमा देखिएको प्रकोपलाई गम्भीरतापूर्वक लिनुपर्ने र ढुक्क भएर बस्ने अवस्था नरहेको उहाँको भनाइ छ । यद्यपि मङ्की पक्ससम्बन्धी अहिलेसम्मको चिकित्सा अनुभवले यो कोभिड जत्तिको खतराजनक नभएको देखिएको डा. पुनले बताए ।

    यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रुपमा चिकित्सा विज्ञानले बुझेको उनले बताए । सन् १९५८ मा बाँदरहरुमा देखिएको मङ्की पक्स रोग सन् १९७० मा कङ्गोका एक जना नौ वर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो ।

    ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन् । अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ । नेपालमा अहिले डेङ्गी र हैजाको समस्या बढ्दै गएको छ ।

    डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न र हैजालगायतका अरु सरुवा रोगबाट जोगिन पानी र खानासँगै सरसफाइमा ध्यान दिन जनस्वास्थ्यविद्को सल्लाह छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij