२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

डब्लुडब्लुजेमा खड्काको नेतृत्वमा नयाँ कार्यसमिति

डब्लुडब्लुजेमा खड्काको नेतृत्वमा नयाँ कार्यसमिति

डब्लुडब्लुजेमा खड्काको नेतृत्वमा नयाँ कार्यसमिति

डब्लुडब्लुजेमा खड्काको नेतृत्वमा नयाँ कार्यसमिति

डब्लुडब्लुजेमा खड्काको नेतृत्वमा नयाँ कार्यसमिति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • काठमाडौं ।  क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले अध्यक्ष रामकला खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष खड्का हाल अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार संयोजकमा कार्यरत छन् ।  

    नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सचिवमा रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दीपा आलेलाई चयन गरेको छ । त्यसैगरी विशेष सदस्यमा संगीता लामा, सदस्यहरूमा अमिका राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्का र लक्ष्मी बस्नेत चयन भएका छन् ।

     राजधानीमा शनिबार आयोजित संस्थाको १२औं साधारणसभा तथा सातौँ अधिवेशनले सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन गरेको हो । 

     अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी (श्रेष्ठ)ले पत्रकारले राजनीतिक दबाब र प्रभावबाट टाढा रहेर काम गरे मात्र निश्पक्ष पत्रकारिता गर्न सक्ने बताइन् । पत्रकारिता क्षेत्रमा मात्र नभई महिलालाई राजनीति, सामाजिकलगायत हरेक क्षेत्रमा चुनौति भएकाले आफूले मन्त्रालयमार्फत महिलाको विकासमा काम गर्र्ने बताइन् ।

    कार्यक्रममा विशेष अतिथि न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्ष संगीता खड्काले क्रियाशील पत्रकार महिलालगायतका संस्थाले पत्रकारिता क्षेत्रमा धेरै अब्बल महिला नेतृत्व जन्माउन योगदान पु¥याएको बताइन् । नेपाल पत्रकार महासंघकी सचिव सिर्जना अर्यालले डब्लुडब्लुजेले पत्रकार महिलाको क्षमता विकास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निभाएको धारणा राखिन् । 

    कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुप(म्याग)की कार्यकारी अध्यक्ष बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्मा, सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेबा, डब्लुडब्लुजेकी पूर्व अध्यक्ष शुभेच्छा बिन्दु तुलाधरलगायतले अधिवेशनको सफलताको शुभकामना दिए ।   

    सन् २००६ मा स्थापना भएको डब्लुडब्लुजेले सोही वर्ष पोखरामा पत्रकार महिलाको राष्ट्रिय भेला आयोजना गरेको थियो । त्यसैगरि दक्षिण एशियाली पत्रकार महिलाको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको संस्थाले स्वतन्त्र र जिम्मेवार प्रेसको वकालत गर्दै पत्रकार महिलाको हकहित तथा दक्षता अभिवृद्धिमा काम गर्दै आएको छ । संस्थाले पत्रकार महिलाको अवस्था बुझ्न समाचार कक्षमा महिला नामक एक अध्ययन गरेको छ । संस्थाको हाल ४८ जिल्लामा शाखा रहेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij