२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बलात्कारको आरोपमा कोटहीमाइका कर्मचारीसहित तीन युवा प्रहरी नियन्त्रणमा

बलात्कारको आरोपमा कोटहीमाइका कर्मचारीसहित तीन युवा प्रहरी नियन्त्रणमा

बलात्कारको आरोपमा कोटहीमाइका कर्मचारीसहित तीन युवा प्रहरी नियन्त्रणमा

बलात्कारको आरोपमा कोटहीमाइका कर्मचारीसहित तीन युवा प्रहरी नियन्त्रणमा

बलात्कारको आरोपमा कोटहीमाइका कर्मचारीसहित तीन युवा प्रहरी नियन्त्रणमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • भैरहवा । 
    बलात्कारको आरोपमा रुपन्देही प्रहरीले ३ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ । किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कोटहीमाइ गाउंपालिकाका तीन जनालाई नियन्त्रणमा लिएको हो ।


    पीडितको  परिवारका अनुसार कोटहीमाइ गाउपालिकाका उद्यम बिकास सहजकर्ता मुकेश चौधरीले गाँउपालिकाबाट तालिम परेको , उक्त तालिम आवसीय  हुनाले भैरहवामा बास बस्ने गरी  आफनै मोटरसाइकलमा बसालेर लगेका थिए । परिवारले किशोरीलाई तालिमको बहानामा ललाई फकाई गरि कोटहीमाइ गाउपालिका दुई कर्मचारी सहित ३ जनाले भैरहवा लगेका आरोप छ । 


    घटना केही समय पहिलेको भएपनि किशोरीलाई घटनाबारे जानकारी गराए मार्ने डर त्रास देखाएकोले घटना बाहिरिएको थिएन । पीडितको शरीरबाट निरन्तर ब्लिडिङ भएको, अवस्था गम्भिर भएपनि सामाजिक रुपमा असर हुन्छ भन्ने डरले परिवारले घटना सार्वजनिक गर्न हिच्किचाएका थिए ।  


    किशोरीका परिवारले बलात्कारमा संलग्न रहेको आरोपमा  कोटहीमाई गाउंंपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक  सहायक ३२ बर्षिय मनोहर चौधरी ,कोटहीमाइका उद्यम बिकास सहजकर्ता २६ बर्षिय मुकेश चौधरी र कोटहीमाइ वडा नं ३ का वडा अध्यक्षका छोरा ३५ बर्षिय बन्टी पान्डेलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको बताए । 


    घटना भदौ पहिलो हप्ताको भएपनि  हिजो मात्रै पीडितको जाहेरी आएकोले तीनजनालाई अनुसन्धानका लागि  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रजित सिंह राठौरले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको र मुद्धा दर्ता हुन्ने राठौरले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij