२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कपिलवस्तुको शिवराजमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

कपिलवस्तुको शिवराजमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

कपिलवस्तुको शिवराजमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

कपिलवस्तुको शिवराजमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

कपिलवस्तुको शिवराजमा स्वास्थ्य बिमा कार्यक्रम सुरु
कपिलवस्तु संवाददाता बेल्वासेले समसामयिक विषयमा कलम चलाउँछन् ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • कपिलवस्तु ।  कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको आधारभूत अस्पतालमा आइतबारदेखि औपचारिक रूपमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ। नगर प्रमुख अजय थापाले एक विशेष कार्यक्रमको आयोजना गरी स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको घोषणा गरे । उनका अनुसार, नगरवासीलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो कार्यक्रम सञ्चालन गरिएको हो। 


    नगर प्रमुख थापाले कार्यक्रममा स्वास्थ्य बिमा कार्यक्रमको आवश्यकता र यसको महत्वबारे जानकारी दिँदै यस कदमले स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज बनाउने बताए।

    "हाम्रो लक्ष्य नगरवासीलाई उपचारको लागि टाढा जानुपर्ने बाध्यता हटाएर उनीहरूको घरनजिकै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नु हो," उनले भने । नगरपालिकाले हरेक हप्ता विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिरहेको र यो प्रयासले स्वास्थ्य सेवाको स्तरमा गुणात्मक सुधार ल्याउने आशा व्यक्त गरे।


    स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले स्वास्थ्य बिमाको औचित्य र यसको प्रभावकारिता सम्बन्धमा जानकारी गराए। उनले भने, "यो कार्यक्रमले नगरवासीहरूलाई आर्थिक बोझ कम गर्न सहयोग पुर्‍याउनेछ, जसका कारण उनीहरूलाई राम्रो स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग मिल्नेछ।"

    अस्पतालका अध्यक्ष तथा वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले केही समयअघि नगरपालिकासँग सम्झौता गरिएको र अहिले सेवा सुचारु भएको जानकारी गराए। "स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ, उनले भने " नगरवासीहरूको स्वास्थ्यको सुरक्षामा यो कार्यक्रमले महत्वपूर्ण योगदान दिनेछ।"

    यो कार्यक्रमले नगरवासीलाई सहज, सर्वसुलभ, र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सफल हुने विश्वास लिइएको छ। स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका स्वास्थ्य समस्याहरूको उपचारको लागि आवश्यक पर्ने सबैखाले सेवा सुविधा उपलब्ध गराइनेछ। साथै, नगरवासीहरूलाई आवश्यक परामर्श, औषधि, र जाँच सुविधा समेत प्रदान गरिनेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij