२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा तिज मिलन

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा तिज मिलन

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा तिज मिलन

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा तिज मिलन

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा तिज मिलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । क्लवले हरितालिका तिजको अवसरम रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा आबद्ध सदस्यका परिवारका बिचमा शुभकामना आदनप्रदान सँगै तिज मिलन कार्यक्रम गरेको हो । 


    रोटरी अभियानमा जोडिएका क्लवका सदस्यका परिवारका बिचमा पनि आपसी र पारस्परीक सम्बन्ध बिस्तार गर्ने भन्दै कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष देवीराम पाण्डेले जानकारी दिए ।

    उनले रोटरी अभियानमा जोडिएका साथीहरुका बिचमा मात्र नभएर परिवारका अन्य सदस्यको बिचमा पनि फेलोसिपको माध्यमबाट पारस्परीक सम्बन्ध स्थापना हुने भएकोले कार्यक्र गरिएको बताए ।

    कार्यक्रमका अवसरमा बोल्दै क्लवका पुर्व अध्यक्ष एवं रोटरी डिष्ट्रिक ३२९२ का जोइन्ट सेक्रेटरी कृष्ण प्रसाद शर्माले रोटरी क्लवका सदस्यका बिचमा मात्र नभएर सदस्यका परिवारका बिचमा पनि पारस्परिक सम्बन्ध स्थापना गर्न यस्ता कार्यक्रको आयोजना गर्नु पर्नेमा जोड दिए ।

    उनले रोटरीले बिशेष गरेर परिवार, व्यवसाय र समाजसेवालाई जोड दिने भएको बताउदै रोटरीले समाजमा रहेर गर्ने सामाजीक कार्य सँगै यस्ता फेलोसिप कार्यक्रमले परिवारका अन्य सदस्यलाई आफ्नो घरको श्रीमान वा श्रीमती कस्तो कार्यमा जोडिएको रहेछ भन्ने बिषयमा जानकारी प्राप्त गर्ने बताए ।

    क्लवका सह–कोषाध्यक्ष केशब बहादुर कुवरको संयोजनमा भएको कार्यक्रममा स्थानीय कलाकार ऋतु थापा मगर सहितका कलाकारहरुको प्रस्तुतीमा रहेको थियो । कार्यक्रमा क्लव सदस्यका परिवारको तर्फबाट लक्ष्मी आचार्य, प्रथम महिला लक्ष्मी पाण्डे, भगवती अर्याल लगायतले शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन सचिव अर्जुन प्रसाद आचार्यले गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij