२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गएरातिदेखि देशका धेरै ठाउँमा झरी, मध्य र पश्चिमी क्षेत्रमा भोलिसम्म नै पानी पर्ने सम्भावना

गएरातिदेखि देशका धेरै ठाउँमा झरी, मध्य र पश्चिमी क्षेत्रमा भोलिसम्म नै पानी पर्ने सम्भावना

गएरातिदेखि देशका धेरै ठाउँमा झरी, मध्य र पश्चिमी क्षेत्रमा भोलिसम्म नै पानी पर्ने सम्भावना

गएरातिदेखि देशका धेरै ठाउँमा झरी, मध्य र पश्चिमी क्षेत्रमा भोलिसम्म नै पानी पर्ने सम्भावना

गएरातिदेखि देशका धेरै ठाउँमा झरी, मध्य र पश्चिमी क्षेत्रमा भोलिसम्म नै पानी पर्ने सम्भावना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • काठमाण्डाै । देशका धेरैजसो ठाउँमा हिजोदेखि शुरू भएको झरी भोलिसम्म नै रहने भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार झरी र ठूलो पानी पर्ने प्रणाली पूर्वबाट पश्चिमतर्फ सरिरहेकाले पूर्वमा केही कम पानी पर्ने सम्भावना छ ।

    तर मध्य र पश्चिममा भने भोलि बेलुकासम्म नै पानी पर्ने सम्भावना छ । बाग्मती, गण्डकी, कर्णाली र सदूरपश्चिममा केहीबेर पानी रोकिने र परिहाल्ने क्रम भोलिसम्म नै चल्ने उहाँले बताउनुभयो । यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र पहिरोको पनि जोखिम रहेको छ ।

    कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि आज राति ठूलो पानी पर्ने सम्भावना छ । झरी भोलिदेखि कम हुने भए पनि मनसुनको समय बाँकी नै रहेकाले बेलाबेलामा पानी पर्ने क्रम भने चलिरहनेछ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार गएरातिदेखि कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दैलेख, म्याग्दी, बाग्लुङ, कास्की, लमजुङ, गोरखा, पाल्पा, चितवन, अर्घाखाँची, रुपन्देही, नुवाकोट, धादिङ, मकवानपुर, काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला, रुपन्देहीलगायतका ठाउँमा ठूलो पानी परेको छ ।

    पछिल्लो १२ घण्टामा चितवनको कल्याणपुरमा १ सय ६० मिलिमिटर, मकवानपुरको हात्तीसुँडेमा १ सय ३६ मिलिमिटर, रुपन्देहीको भैरहवामा एक सय मिलिमिटर, काठमाण्डौको धाप ड्याम र लमजुङको बेसीशहरमा ९५ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकाका बाग्मती, धोबीखोला, शालीनदी, विष्णुमतीलगायतका खोला तथा नदीमा बाढीको चेतावनी जारी भएको छ ।

    यस्तै मकवानपुरको पूर्वी राप्ती र बकैया खोलामा पनि बाढीको चेतावनी जारी भएको छ । यसैगरी नारायणगढ–मुग्लिङ सडक खण्डमा पनि आकस्मिक बाढी र पहिरोको जोखिम रहेकोले यात्रामा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का वर्षा, ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा र ५० देखि एक सय मिलिमिटरसम्मको वर्षालाई ठूलो वर्षा भनिन्छ । यस्तै एक सय देखि २ सय मिलिमिटरसम्मको वर्षालाई धेरै ठूलो र दुई सय मिलिमिटरभन्दा माथिको वर्षालाई अति ठूलो वर्षा भनिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij