२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल नारायणगढ सडक खण्ड कोमामा गयो, यस्तै रहे ठेकेदारको विकल्प खोज्नु पर्छ : मन्त्री दाहाल

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • नवलपरासी । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाइना स्टेट कम्पनीले सन्तोषजनक काम नगरे ठेक्का तोड्न सक्ने चेतावनी दिएका छन् ।  

    आइतबार रुपन्देहीबाट नवलपुर आउने क्रममा पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको अवलोकन पछि आयोजित एक कार्यक्रममा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।   

    उनले थपिएको १ बर्षमा सन्तोषजनक काम नगरे वा आशलाग्दो काम नदेखाए ठेकेदारले लापरवाही गर्यो भन्दैमा सरकार टुलुटुलु हेरेर नबस्ने बताए ।

    आइतबार जिल्ला समन्वय समिति नवलपुरमा जिल्ला समन्वय समितिको आयोजनामा मन्त्री दाहाललाई स्वागत तथा सम्मान कार्यक्रम गरेको थियो ।

    स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री दाहालले ठेकेदारको लापरवाहीका कारण बुटवल नारायणगढ सडक खण्ड कोमामा गएको जस्तै भएको उल्लेख गर्दै ठेकेदार कम्पनीलाई तत्काल काम थाल्न निर्देशन दिए ।

    कार्यक्रममा प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री महेन्द्रध्वज जिसीले ठेकेदार कम्पनीको लापरवाही अत्यधिक बढेको भन्दै जनताले भने झै सडकमा लगेर कोर्रालगाउनु पर्ने अवस्था आएको बताए ।

    जिसीले ठेकेदारले यही ढंगले लापरवाही गरे सरकारले यसको विकल्प खोज्नु पर्नेमा पनि जोड दिए ।

    त्यसैगरी मन्त्री जिसीले दुम्किबास त्रिवेणी जोड्न बाटो खोल्नलाई निकुञ्जले बाधा पुर्याईरहेको भन्दै मध्यवर्ती तथा निकुञ्ज खारेजीको आन्दोलनमा जानु पर्ने अवस्था आएको बताए ।

    त्यसैगरी प्रदेश सभा सदस्य विन्दु पौडेलले बुटवल नारायणगढ सडकका कारण यात्रु तथा यहाँका स्थानीयले निकै सास्ती खेप्नु परेको उल्लेख गर्दै तत्काल ठेकेदार कम्पनीसँग छलफल गरेर द्रुतगतीमा काम गर्न निर्देशन दिनु पर्नेमा जोड दिए ।

    बुटवल नारायणगढ सडक खण्ड अहिले ५२ प्रतिशत मात्रैको हाराहारीमा काम भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij