२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पाँच दिनपछि सञ्चालनमा आयो कर्णाली राजमार्ग

पाँच दिनपछि सञ्चालनमा आयो कर्णाली राजमार्ग

पाँच दिनपछि सञ्चालनमा आयो कर्णाली राजमार्ग

पाँच दिनपछि सञ्चालनमा आयो कर्णाली राजमार्ग

पाँच दिनपछि सञ्चालनमा आयो कर्णाली राजमार्ग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • सुर्खेत । पाँच दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । १२ भदौंको राती परेको अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध सडक आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।

    कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठविस नगरपालिका–५, को मालाचौरदेखि कालिकोटको शुभकालिका गाउँपालिका–१, को हुल्म बजारसम्मको सडक  खण्डको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको हो ।

    यो खण्डमा पर्ने दही खोला, एससमोड, मेयरखोला, गगने खोला लगायतका ठाउँमा ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि साविक कर्णालीका चार जिल्ला यातायात सेवाबाट पूर्ण रूपमा अलग भएका थिए । सडक सञ्चालनमा आएसँगै रोकिएका सबै यात्रु तथा मालबहाक सवारीहरु गन्तव्यतर्फ हिँडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता एवंम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।


    उनका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर हिँडेका करिब ४५ बढी ट्रकहरु पाँच दिनदेखि अलपत्र परेका थिए । 


    ‘गत बुधबारदेखि अवरोध सडक आइतबार बेलुकादेखि सञ्चालनमा आएको छ । खाडाँचक्र नगरपालिका–३ को ताडीमा जुम्लाबाट आएका स्याउका ४५ मिनीट्रक रोकिएका थिए । ती मध्ये अधिकांश आफ्नो गन्तव्यतर्फ लागेका छन्,’ प्रहरी निरीक्षक थापाले भने ।


    जुम्लाबाट बजार पठाइएका स्याउका ४५ ट्रक अर्थात्, एक सय सात टन (करिब सात करोड मूल्य बराबर) को स्याउ कालिकोटको खाडाँचक्र नगरपालिका–३ को ताडी बसपार्कमा रोकिएका थिए ।


    यस्तै, सडक डिभिजन जुम्लाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ । कार्यालयका प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिए । यो राजमार्ग भएर यात्रा गर्दा सावधानीसमेत अपनाउन कार्यालयले आग्रह गरेको छ । सडक डिभिजन कार्यालय जुम्ला र सुर्खेतको चार दिनको निरन्तर प्रयासपछि कर्णाली राजमार्ग सञ्चालनमा आएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij