बासुदेव ढकाल -पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं.१० बर्दले स्थीत कालिगण्डकी करिडोरमा भएको स्कुटर दुर्घटनामा स्कुटी सवार एक पुरुषको मृत्यु भएकोछ ।
आज विहान ८.५५ बजेको समयमा कालिगण्डकी करिडोरको गेझाबर्दले खण्डमा बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्वरको स्कुटर चालक सोही स्थान बस्ने बर्ष ४०को यम बहादुर खरु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आफै अनियन्त्रित स्कुटर सडक किनारमा रहेको डिभाईडरको पोलमा ठोकिन गई दुर्घटना परी घाईते सवारको रामपुर अस्पतालमा पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको,घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।




