२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • बुटवल  । फोहोरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो। 

    बजार सफा बनाउनुका साथै त्यसबाट संकलन भएको रकमलाई यस्तै न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानको संयोजक निमबहादुर बुढाथोकीले बताए।

    “हाम्रो सरसफाइ अभियान १६४औँ हप्तामा प्रवेश गरेको छ,” उनले भने, “यही क्रममा भेटिएका पानीका बोतललाई संकलन गरेर विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेका छौँ।” सोमबार विद्यालयमै पुगेर विद्यार्थीलाई कपी–कलम सहयोग गरिएको हो।

    त्यो विद्यालयका ५० बढी विद्यार्थीलाई कपी र कलम सहयोग गरिएको हो। सो विद्यालयमा न्यून आर्थिक अवस्था भएका विद्यार्थी अध्ययन गर्छन्। धेरैजसो विद्यार्थी अभिभावकविहीन बनेका तथा अभिभावक टाढा भएकाहरू अध्ययन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले बताए।

    “यो विद्यालयमा अधिकांश सहाराविहीन र गरिब विद्यार्थी पढ्छन्”, उनले भने, “आर्थिक अवस्था कमजोर भएकालाई यसरी सहयोग गर्नुले विद्यार्थीमा थप हौसला बढ्ने गर्छ।” 

    २०४५ सालमा उक्त विद्यालय स्थापना भएको हो। शिशुदेखि कक्षा ५ सम्म सञ्चालित विद्यालयमा ८८ विद्यार्थी अध्ययन गर्छन् भने सातजना शिक्षक कार्यरत छन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij