२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैंअघि नै सञ्चालनमा ल्याइने

नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैंअघि नै सञ्चालनमा ल्याइने

नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैंअघि नै सञ्चालनमा ल्याइने

नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैंअघि नै सञ्चालनमा ल्याइने

नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैंअघि नै सञ्चालनमा ल्याइने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • बुटवल । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई पुल दसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी रहेको छ । 

    उनले भने, 'दसैँसम्ममा यी दुई पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।' सो सडकखण्डमा रहेका १९ पुलमध्ये चार निर्माणाधीन रहेका छन् । बाँकी दुई तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको काम बाँकी रहेको छ । आचार्यका अनुसार यी दुई पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    यस सडकखण्डमा रहेका १९ पुलमध्ये १० चैत २०७६ मा १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि चार नयाँ पुल निर्माण गरिएको थियो ।  चार पुल सन् २०२० मा निर्माण गरिएको थियो । पन्ध्र पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ रहेको छ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो ।

    विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक ९ देखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलको बीचमा सात दशमलव पाँच मिटर गाडी गुड्ने भाग रहेको छ भने दुवै पट्टी ठाउँअनुसार एक दशमलव पाँच मिटरसम्म फराकिलो पैदल मार्ग बनाइएको छ ।

    तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । यो सडक राजधानी छिर्ने र बाहिरिने मुख्य सडक हो ।  विगतका वर्षमा पहिरोका कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै केही सहज हुँदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij