२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘बलात्कारविरुद्धको आवाज भएकाले ‘देवी’ खेल्न तयार भयौँ’

‘बलात्कारविरुद्धको आवाज भएकाले ‘देवी’ खेल्न तयार भयौँ’

‘बलात्कारविरुद्धको आवाज भएकाले ‘देवी’ खेल्न तयार भयौँ’

‘बलात्कारविरुद्धको आवाज भएकाले ‘देवी’ खेल्न तयार भयौँ’

‘बलात्कारविरुद्धको आवाज भएकाले ‘देवी’ खेल्न तयार भयौँ’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • काठमाडौं । अभिनेत्री शिल्पा मास्केले चलचित्र ‘देवी’ले नेपाली समाजको विर्सनलायक कथा भन्ने बताएकी छन् । हरेक दिनजसो हुने बलात्कार र महिला हिंसाको कथा चलचित्रले उठान गरेको उनको भनाइ छ । 

    बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको कथामा मात्रै चलचित्र केन्द्रित नरहेको उनले स्पष्ट पारेकी छन् । “देवी निर्मलाको जस्तै घटना भोग्न बाध्य आमनेपाली महिलाको कथा हो,” उनी भन्छिन्, “महिलाहरू बलात्कृत भइरहे पनि आवाज उठाउन नसकिरहेको अवस्था छ । त्यसैले हामीले यो विषय उठान गरेका छौँ ।”   

    बलात्कारपछि केही घटनामा पीडितलाई कारबाही र पीडितलाई न्याय भन्दै आन्दोलन हुने गरे पनि त्यो मौसमी मात्रै हुने उनको टिप्पणी छ । यस्ता घटनाविरुद्ध समाजमा हरेक दिन कुरा उठ्नुपर्ने र यसविरुद्ध चेतना जगाउनुपर्नेमा उनको जोड छ । गम्भीर विषय भए पनि चलचित्रले दर्शकलाई होल्ड गर्ने उनको भनाइ छ । 

    अभिनेता नाजिर हुसेनले चलचित्र ‘देवी’ बलात्कारविरुद्धको आवाज भएको बताएका छन् । समाजको यो आवाजलाई बलियो बनाउनुपर्छ भनेर नै आफूले यो चलचित्रमा काम गरेको उनको भनाइ छ । 

    “मैले देवीमा खेल्नुको कारण समाजको कथा बोल्नुपर्छ भनेर हो । कन्टेन संवेदनशील भएकाले गर्ने कि नगर्ने भन्ने थियो,” नाजिर भन्छन्, “यो चलचित्र बलात्कारविरुद्धको आवाज हो । घरेलु हिंसाविरुद्धको आवाज हो । त्यसैले खेल्ने निर्णय गरेको हुँ ।”  

    समाजमा हरेक दिनजसो बलात्कारका घटना घटिरहेको भन्दै यसविरुद्ध आवाज उठानु कलाकारको पनि दायित्व भएको उनी बताउँछन् । “यस्ता विषय उठाएर खराब कामविरुद्ध आवाज उठाउनु हाम्रो पनि दायित्व हो,” उनले अगाडि थपे, “यस्ता घटना हुनुहुन्न भन्ने आवाज सिनेमाले उठाएको छ ।” 

    अभिनेता गौरव पहारीले ‘देवी’जस्ता सिनेमा नेपालमा कमै बनिरहेको बताउँछन् । “यस्ता सिनेमा बन्नुपर्छ भन्ने हो । हाम्रो घर छिमेकमै यस्ता घटना घटिरहेका छन्,” उनी भन्छन्, “त्यही विषयमा यो चलचित्र हो । त्यसैले समाज परिवर्तनका लागि पनि यस्ता चलचित्र बन्नुपर्छ ।”  

    ‘देवी’ले निर्मलाको विषय मात्रै उठान नगरेर बलात्कारविरुद्धका घटनाको कथा रहेको गौरवको भनाइ छ । “यो हामी सबैले बोल्नुपर्ने मुद्दा हो । अनुसन्धानमा हुने राजनीतिक दबाब सिनेमामा छ,” उनी भन्छन्, “म चलचित्रमा पीडित अफिसरको रूपमा छु । मैले सिनेमामा जुन दबाब भोग्छु, त्यो रियलमा प्रहरी अफिसरहरूले भोगिरहेको समस्या हो ।” 

    सन्जोक राईको लेखन तथा निर्देशन रहेको चलचित्र भदौ २१ गते रिलिज हुँदै छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij