२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बिदाको दिन ओपीडी सञ्चालन गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

बिदाको दिन ओपीडी सञ्चालन गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

बिदाको दिन ओपीडी सञ्चालन गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

बिदाको दिन ओपीडी सञ्चालन गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

बिदाको दिन ओपीडी सञ्चालन गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा ९ओपीडी० सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

    संघका महासचिव डा। सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका छन् । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेका छन् ।

    सरकारी अस्पतालमा २०४८ सालदेखि दरबन्दी थप नभएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा न्यून रहेको डा। तिवारीले बताए ।

    स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको संघको ठहर छ ।

    ‘स्वास्थ्यकर्मीलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरीत बिदाका दिनमा समेत बहिरंग सेवा सञ्चालन भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर जाने हुँदा गुणस्तरीय सेवामा असर पर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको स्वास्थ्यमा थप प्रतिकुल असर पर्ने सम्भावना रहेको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।’

    कामको अत्यधिक बोझ र अरु तनावले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा सम्बन्ध विच्छेदका घटनासमेत भएको संघले जनाएको छ ।

    कतिपय स्वास्थ्यकर्मीमा अत्यधिक तनावका कारण मानसिक समस्याको  जोखिम बढिरहेको भन्दै चिकित्सक संघले बिदाको दिनमा समेत थप कार्यबोझ थप्ने निर्णयले स्वास्थ्यकर्मीलाई ठूलो अन्याय गरेको निष्कर्ष निकालेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीहरुलाई पनि अन्य पेशाकर्मीलाई जस्तै आफ्नो कार्यकुशलताको पूर्ण प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नका लागि बिदा अपरिहार्य रहेको कुरालाई नकार्न सकिँदैन ।’

    ७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।

    स्वास्थ्य मन्त्रालयले सोमबार स्वास्थ्य संस्थालाई एक परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह निर्देशन दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij