२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ गरेको छ ।

    जसमा बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही गाउँपालिका-६ मैनापोखर बस्ने २८ वर्षीय योगेन्द्र सिलाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-१७ स्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    त्यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलो ८ सय ४१ मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका ४० वर्षीय सन्तोष कुमार ठाकुर र ३० वर्षीय सुजित कुमार राय रहेका छन् । प्रहरी चौकी इनरूवा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भारत रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

    त्यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय बिकास चौधरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij