२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्तुप क्षेत्रमा काम गर्न पुरातत्व विभागसँग समन्वय गरि काम अगाडी बढाइने निर्णय

स्तुप क्षेत्रमा काम गर्न पुरातत्व विभागसँग समन्वय गरि काम अगाडी बढाइने निर्णय

स्तुप क्षेत्रमा काम गर्न पुरातत्व विभागसँग समन्वय गरि काम अगाडी बढाइने निर्णय

स्तुप क्षेत्रमा काम गर्न पुरातत्व विभागसँग समन्वय गरि काम अगाडी बढाइने निर्णय

स्तुप क्षेत्रमा काम गर्न पुरातत्व विभागसँग समन्वय गरि काम अगाडी बढाइने निर्णय
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • परासी । रामग्राम विकास कोषको पुर्णतासँगै बसेको विस्तारित बैठकले रामग्राम स्तुपा क्षेत्र र कोलिय गणराज्यको राजधानी क्षेत्रमा काम गर्नका लागि पुरातत्व विभाग समन्वय गरि काम गर्ने निर्णय गरेको छ । अस्त ब्यस्त अवस्थामा रहेका यि दुबै धार्मिक,ऐतिहासिक,पुरातात्विक क्षेत्रका कहाँ के कस्तो गर्न मुनासिब देखिन्छ   आवश्यक मार्गनिर्देशन प्राप्तीका लागि पहल गर्ने निर्णय गरेको हो ।

    बैठकले प्रमुख दुई वटा निर्णय गरेको छ, जस्मा पहिलो निर्णय रामग्राम स्तुप क्षेत्रमा पुरातात्विक बस्तु संरक्षण गरि विकास गर्न हेरिटेज इम्पेक्ट असेस्मेन्ट(एआईए) गर्न पुरातत्व विभागमा पत्रसाथ अनुरोध गर्ने र दोश्रो रामग्राम स्तुपसँग सम्बन्धित क्षेत्रको संरक्षण गर्न रामग्राम नगरपालिकाले सिमाँना छुट्टयाई तारबार गर्ने कार्य अगाडी बढाउने रहेको छ ।  त्यसै गरि रामग्राम स्तुपा क्षेत्रमा रामग्राम विकास कोषको कार्यालय सञ्चालन गर्ने,प्रवेशद्धार ब्यवस्थित गर्ने,स्तुपा क्षेत्रमा भई रहेका विकृतिहरु हटाउनका लागि सम्बन्धित सबै सरोकारावालालाई जानकारी गराउने निर्णय गरिएको कोषका अध्यक्ष समेत रहेका नगरप्रमुख धनपत यादवले जानकारी दिए । लामो समय देखी ओझेल परेको रामग्राम स्तुपा क्षेत्र र बुद्धसँग सम्बन्धित बौद्ध स्थलहरुको पहिचान,संरक्षण,विकास र जनजागरण लगायतका कार्यहरु गर्दै लैजान कार्ययोजना बनाई काम गर्ने बैठकको निष्कर्ष रहेको थियो । 

    जस्मा पहिलो कार्य विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्त्ुपा क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मार्गनिर्देश आवश्यक पर्छ, उनले भने, पहिलो बैठकबाट सबै क्षेत्रसँग समन्वयकारी काम गर्दै अगाडी बढिने छ । संघियताको मर्म अनुसार नै अब रामग्राम नगरपालिकाले सरकारको हैसियतले काम अगाडी बढाएको उनले थपे, स्थानिय नगर सरकारले नै अग्रसरता लिई रामग्राम विकास कोष ऐन २०८० पास गरि कानुनसम्म तरिकाले आम अगाडी बढाएको छ । 

    पहिलो बैठक नै उत्साह पुर्वक निर्णय गरेको र काम गर्ने तत्परता देखाएको हुदा छिट्टै रामग्राम स्तुपा र अन्य बौद्ध स्थलमा काम गरिएको देखिने बताउदै यसका लागि नगरबासीको उत्तिकै साथ आवश्यक छ । विभिन्न समयमा स्तुपा क्षेत्रको बिकासका लागि पहल नभएको होईन्,तर त्यसलाई निरन्तर फ्लो गर्ने कुनै स्थानिय स्तरको निकाय थिएन्,दातृनिकायहरु लगानी गर्न उत्सुक छन्,तर निरन्तर उनीसँग सम्पर्क सुत्र जोडिराख्ने विभाग थिएन् । अहिले नगरपालिकाले कोषको कार्यसञ्चालनका लागि अरबन्दि चौधरीलाई कर्मचारीको रुपमा तोकेको छ, नगरपालिकामा पर्यटन शाखा पनि तोकेको छ सँगै विकास समिति समेत बने पछि काम अगाडी बढनेमा उनले विश्वास ब्यतm गरेका थिए । 

    उतm विस्तारित बैठकमा उपपमुख सम्झाना चौधरी,लुम्बिनी विकास कोषको कोषाध्यक्ष सिद्धिचरण भट्टराई,कोषको पुरातत्व महाशाखाका पुरात्व अधिकृत हिमाल उप्रेती,लुम्बिनी विकास कोषकै अधिकृत दामोदर अधिकारी र देवदह क्षेत्र हेर्ने नवराज अधिकारी सहितको उपस्थिती रहेको थियो । रामग्राम विकास कोषले लिएको लक्ष्य पुरागर्न लुम्बिनी विकास कोषले सदैव सहयोग र सहकार्य गर्न तयार रहेको कोषाध्यक्ष भट्राईले बताउदै भने,रामग्राम नगरपालिकाले संघियताको मर्म अनुसार नै काम गर्न तत्परता देखाउदै कानुनी रुपमा नै रामग्राम विकास कोष जस्तो संरचना खडा गरि काम गर्न देखिएको छ ।  विगत डेढ दशक देखी स्थानिय संघसस्थाले माग गरे अनुसार रामग्राम विकास समिति(कोष)ले पुर्णता दिएको थियो जस्मा रामग्राम नगरपालिकाले पदेन सदस्य बाहेक अन्य चार जना सदस्यलाई मनोनय गरि आईतवार पुर्णता प्रदान गरेको थियो । 

    ति चार जना सदस्यमा समाजसेवी कैलाश ठाकुर,पुरातत्वका जानकार नारद यादव,विपश्यना साधक रामप्रसाद पाण्डे र बौद्धशिक्षा तथा पर्यटन पत्रकार बेचु गौडलाई मनोनय गरिएको थियो । चालु आर्थिक बर्षमा रामग्राम क्षेत्रमा केही अतिआवश्यक काम गर्नका लागि ४० लाख बजेट विनियोजन समेत गरिएको उनले जानकारी गराएका थिए । अन्य श्रोतका लागि लुम्बिनी विकास कोष,लुम्बिनी प्रदेश सरकारको पर्यटन मन्त्रालय र संघिय सरकारसँग पनि समन्वय गरि काम गर्नुका साथै प्रकृया पुर्याई विदेशी दातृनिकायसँग पनि लागनी भित्रयाउने योजनाबारे पनि छलफल गरिएको थियो । त्यसका लागि पनि रामग्राम विकास कोषले पहल गर्ने गरि सहमति जुटेको छ ।

    सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,नगरप्रमुख यादवले भने,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्,लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो,रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाई थियो । संघ,प्रदेशका कानुन,युनेस्कोको मान्यता अनुरुप नै नगरपालिकाले नबाझिने गरि काम गर्ने छ ।

    भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुपा उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुपा संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ । त्यसैगरि स्तुप बाहेक पनि कोलिय राजाहरुको राजधानी कोलनगर(पण्डितपुर),पुरतात्विक क्षेत्र ननई स्थित यशोधरा उद्धानक्षेत्र र संघाग्रामको रुपमा देवगाव क्षेत्रको पुरातात्विक क्षेत्रलाई समेत यस कोषले समेटेर काम गर्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij