पाल्पा । पाल्पाकाे तानसेन नगरपालिका वडा न ७ मा अवस्थित लुम्बिनी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल लिमिटेडले नमुना कामकाे प्रारम्भ गरेको छ ।
मेडिकल कलेजले एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय पाल्पाका जिल्ला भरि रहेका प्रहरीहरू,पाल्पा उधाेग वाणिाज्य संघका पदाधिकारी एवम सदस्यहरू र तानसेन खानेपानी उपभोक्ता समितिका पदाधिकारी एवम आम उपभोक्ताहरूलाई सहुलियत स्वास्थ्य सेवा प्रदान गर्न सम्झाैता सम्झाैता गरेको छ । ।
हस्पिटलमा एक कार्यक्रमकाे आयाेजना गरि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्र.उ. नरेन्द्र चन्द,पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई र तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष माेहन प्रसाद श्रेष्ठ र अस्पतालकाे तर्फबाट अस्पतालका अध्यक्ष गाेपाल बहादुर पाेखरेलले सम्झौता गरे।
सम्झाैतामा भए बमोजिम जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत १० वटै स्थानीय तहका प्रहरी र उनिहरूका परिवारले समेत सेवा प्राप्त गर्न सक्नेछन ।
भने पाल्पा उधाेग वाणिज्य संघमा आवद्व रहेका झण्डै ११ सय सदस्य र उनिहरूकाे परिवारले पनि सहुलियतमा स्वास्थ्य उपचार पाउने छन ।
त्यस्तै तानसेन खानेपानी उपभोक्ता समितिमा अावद्व रहेका झण्डै ३० हजार नागरिकले सहुलियतमा स्वास्थ्य उपचार पाउने अस्पतालका अध्यक्ष गाेपाल बहादुर पाेखरेलले बताए। उनले पाल्पाकाे तानसेन ७ मा अस्पताल सञ्चालन भए पछि नागरिकहरूलाई स्वास्थ्य उपचारमा धेरै सहज भएको बताए ।
अस्पताल निर्माण पश्चात् पाल्पा जिल्लाका नागरिकहरू मात्र नभइ छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, बाग्लुङ्ग सम्मका नागरिकहरू सहज र अत्याधुनिक प्रविधियुक्त माध्यमबाट सेवा प्राप्त गर्न सफल भएको बताए ।
स्वास्थ्य बिमा बापतकाे करिब १ लाख सम्मकाे रकम नेपाल सरकारले व्यहाेर्ने भएता पनि उक्त बिमा रकम भन्दा धेरै रकम खर्च भएको खण्डमा र सम्झाैता गरिएका नागरिकहरूले स्वास्थ्य बिमा गर्न छुटेको परिस्थितिमा उक्त छुट सेवा प्राप्त गर्न सक्ने बताएका छन ।
अस्पतालका कम्पनी सचिव अधिवक्ता कृष्ण पराजुलीले पाल्पा उद्योग बाणिज्य संघ,तानसेन खानेपानी उपभोक्ता समितिले आफ्नो संघमा दर्ता भएका सबै सदस्यहरुको नामावली पहिलो पक्षलाई उपलब्ध गराउनु पर्ने बताए ।
यस्तो छ छुट विवरण
लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेडले जिल्ला प्रहरी कार्यालय पाल्पा, पाल्पा उद्योग वाणिज्य संघ र तानसेन खानेपानी उपभोक्ता समितिका सदस्यहरु र एकाघरका आश्रित परिवारका सदस्यहरुको हकमा ओ पि डी दर्ता शुल्क ५० प्रतिशत छुट दिनेछ ।
त्यस्तै साधारण बेड शुल्कमा ५० प्रतिशत छुट , संघन उपचार वेड चार्जमा २० प्रतिशत छुट, साधारण ल्याब परिक्षणमा १० प्रतिशत छुट दिने कम्पनी सचिव अधिवक्ता पराजुलीले बताए।
त्यस्तै रेडियोलोजिकल परिक्षणमा २० प्रतिशत छुट, अप्रेशन शुल्क (औषधि र प्रत्यारोपण बाहेक) मा १५ प्रतिशत छुट दिइने छ । त्यस्तै दन्त चिकित्सा सहित विशेष परिक्षण औषधि र प्रत्यारोपण बाहेकमा १० प्रतिशत छुट,सामान्य दांत परिक्षण र दांत झिक्नेमा १० प्रतिशत छुट र मुख तथा अनुहारको अप्रेशन औषधि र प्रत्यारोपण बाहेकमा १० प्रतिशत छुट दिइने अधिवक्ता पराजुलीले बताए ।
अस्पतालमा उपचार गर्न आउदा जिल्ला प्रहरी कार्यालय,पाल्पाको उधाेग वाणिज्य संघ र तानसेन खानेपानी उपभोक्ता समितिका कर्मचारी तथा सदस्यहरु उपचार गर्न आउँदा दोस्रो पक्षले प्रदान गर्ने परिचय पत्र सक्कल प्रति अनिवार्य देखाउनु पर्नेछ साथै उक्त परिचयपत्रको फोटोकपि अनिवार्य पेश गर्नु पर्नेछ ।
अन्यथा सहुलिएत सहितको सेवा प्रदान गर्न पहिलो पक्ष वाध्य हुने नहुने र एकाघरका परिवारका आश्रित सदस्यहरुको हकमा एकाघर परिवारको आश्रित सदस्य भएको प्रमाण खुल्ने आवश्यक कागजात पेश गर्नु पर्नेछ अन्यथा उल्लेखित सुविधा पहिलो पक्षले प्रदान गर्ने छैन।
सम्झौता कार्यान्वयनलाई प्रत्येक वर्ष समिक्षा गरी आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा भएका बुंदाहरु परिमार्जन गर्न सकिनेछ साथै आपसी सहमतिमा यो सम्झौता लाई पुनः निरन्तरता प्रदान गर्न सकिने कम्पनी सचिव अधिवक्ता पराजुलीले बताए ।




