परासी । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीले स्थापना दिवस मनाएको छ । रेडक्रस सोसाईटीले ६२ आँै दिवसको मनाएको हो । पृथ्वी चन्द्र अस्पतालका बिरामीलाई फलफूल बितरण गरी दिवस मानईएको रेडक्रसका सभापति राजेन्द्रप्रसाद अग्रहरीले बताए ।
उनले भने मानवता जिवित राखौ मूल नाराका साथ रेडक्रस सोसाईटीले ६२ औ दिवसको अवसरमा पृथ्वी चन्द्र अस्पतालका बिरामीहरुलाई गरीएको बताउदै साझा बुद्धचोकमा दिप प्रज्वलन गरिने कार्यक्रम रहेको बताए ।
रेडक्रसले अफनो स्थापना दिवसको अवसरमा बिभिन्न समाजिक कार्य मानव सेवा र रचनात्मक कार्य गदै आएके अग्रहरीले बताए । पृथ्वी चन्द्र अस्पतालमा भर्ना भएका ३२ जना बिरामीहरुलाई फलफूल बितरण गरिएको रेडक्रसका मुरलीप्रसाद गुप्ताले बताए ।
नेपाल रेडक्रस सोसाईटीका उपसभापति माया अग्रहरी महामन्त्री कार्यसमितीकोसदस्य लगायतको उपस्थिती रहेको थियो ।




