२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कालिका मानवज्ञान माविमा कथा लेखन कार्यशाला

कालिका मानवज्ञान माविमा कथा लेखन कार्यशाला

कालिका मानवज्ञान माविमा कथा लेखन कार्यशाला

कालिका मानवज्ञान माविमा कथा लेखन कार्यशाला

कालिका मानवज्ञान माविमा कथा लेखन कार्यशाला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • बुटवल । देशकै नमुना सामुदायीक विद्यालय बुटवल १० कालिका नगरमा रहेको  कालिका मानवज्ञान मावि मा कथा लेखन कार्यशाला समापन गरिएको छ । ३ दिन सम्म चलेको कथा लेखन कार्याशालाको मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ ।


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको  कार्याशाला समापन कार्यक्रममा बरिष्ठ शाहित्यकार तथा अधिवक्ता दिल शाहनीको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहानीले कथाको साहित्यमा विशेष योगदान रहेको भन्दै ३ दिन सम्म सिकेको कुरालाई व्यवहारमा उतारेर निकट भविश्यमा एउटा सफल साहित्यकार बन्नको लागि विद्यार्थीहरुलाई उत्प्रेरेणात्मक मन्व्य  दिएका थिए ।

    कथा सुन्ने कथा,  लेख्ने कथा र पछिल्लो समयमा फेरिएको परिवेश अनुसार हेर्ने कथा रहेको बताउँदै बरिष्ठ साहित्यकार साहनीले कथाले सिंगो समाजको ऐनाको रुपमा काम गर्ने बताएका थिए ।


    कार्यक्रममा  शाहित्यकार तथा प्रध्यापक ऋषिराम भुषालले कथा झुट कुरा देखाएर साँचो अर्थ देखाउने गरी परिाषित गरिएको बताउँदै  विद्यार्थीहरुको लागि कथा लेखन कार्यशाला आफैमा महत्पूर्ण कार्य भएको बताएका थिए ।


    विद्यालयका प्रधानााध्यापक दिनेश थापाले विद्यालयमा रहेका ४० जना विद्यार्थीहरुको सहभागीतामा ३ दिन सम्म कथा लेखन कार्यशाला आयोजना गरिएको जानकारी दिदै  कथा लेखन कार्याशालाबाट  रचिएका कथालाई निकट भविश्यमा पुस्तका प्रकाशन गर्ने सम्मको योजना रहेको जानकारी दिएका थिए ।  

    विद्यार्थीहरुको लागि सहित्यीक वातावरण विकासका लागि घर परिवारको महत्वपूर्ण भुमिका रहेको भन्दै उनले परिवारले विद्यार्थीको नियमित शिक्षा संगै  शाहित्यीक वातावरण समेत सृजना गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमममा बरिष्ठ लेखक÷पत्रकार मदन पौडेल ले साहित्य आफैमा एउटा नशा भएको भन्दै विद्यार्थीहरुमा नशाको सुत्रपात गरिएको र आगामी दिनमा यसले ठुलो महत्व राख्ने गरी प्रतिफल आउने बताएका थिए । 


    कार्यक्रमा बुटवल कालिका क्याम्पसका क्याम्प प्रमुख घनश्याम पाठक, अधिवक्ता ज्ञानु केसी, लेखक ÷साहित्यकार दुर्गा पौडेल लगायतको सहभागीतामा रहेको थियो । ३ दिन सम्म चलेको कार्यशालामा साहित्यकार÷लेखक विजयराज आचार्यले सहजीकरण गरेका थिए ।

    १३० भन्दा बढि बाल साहित्यका पुस्तक प्रकाशन गरेका आचार्यले लेखालाई निरन्तरता दिनको लागि विद्यार्थीलाई आग्रह गरेका थिए । कार्यक्रममा विद्यार्थीहरु कृषा अधिकारी, कृषा भट्राई, शिक्षा क्षत्री, प्रकृति घिमिरे  लगायतले आफुले रचना गरेका कथा वाचन तथा कार्यशालाको अनुभव प्रकट गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij