परासी ।पश्चिम नवलपरासीको नगरपालिका राधाकृष्ण मन्दिर निर्माण सुरु भएको छ ।रामग्राम वडा नम्बर १४ स्थित ऐैचवालमा श्री राधाकृष्ण मन्दिर निर्माण कार्य सुरु भएको हाे ।
रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव टेक बहादुर यादवले संयुक्त रुपमा मन्दिरको शिलान्यास गरेका हुन् ।
रामग्राम नगरपालिका मन्दिर निर्माणका लागि रु. ३ लाख बिनियोजन र स्थानीय सामजसेवी टेक बहादुर यादवकाे व्यक्तिगत लगानी रू सात लाखमा गरि कुल १० लाख निर्माण हुन लागेकाे हाे ।
‘मन्दिर निर्माणका लागि आवश्यक रकम अपुग भए बजेटकाे व्यवस्था मिलाउने नगर प्रमुख यादवले बताए ।सुन्दर र पर्यटकीय आकर्षणको केन्द्र बनाउदै लैजाने र यस मन्दिरलाई सबैको आकर्षण केन्द्र बनाउने स्थानीय सामाजसेवी टेकबहादुर यादवले बताए ।
उनले मन्दिर निमार्ण सम्पन्न हुने बित्तिकै राधाकृष्ण मूर्ति राख्ने बताए ।यस मन्दिरमा स्थानीयहरू पनि जुटेका छन ।




