२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

उपप्रमुख तिज विशेष तिज गीत प्रतियोगिता तिवारी आमा सम्मानीत

उपप्रमुख तिज विशेष तिज गीत प्रतियोगिता तिवारी आमा सम्मानीत

उपप्रमुख तिज विशेष तिज गीत प्रतियोगिता तिवारी आमा सम्मानीत

उपप्रमुख तिज विशेष तिज गीत प्रतियोगिता तिवारी आमा सम्मानीत

उपप्रमुख तिज विशेष तिज गीत प्रतियोगिता तिवारी आमा सम्मानीत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • बासुदेव ढकाल -पाल्पा । हरितालिका तिज पर्वमा पाल्पाको रामपुर नगरपालिकाले आयोजना गरेको खुला मौलिक तिज गीत प्रतियोगिताको अवसरमा लक्ष्मी तिवारी (तिवारी आमा)लाई नगद सहित सम्मान गरेको गरिएकाे छ । 

    बृद्ध अवस्थामा मौलिक तिजको भाकाको संरक्षण संगै गित संगितको माध्यमबाट रामपुरलाई चिनाउन महत्वपूर्ण योगदान दिएको भन्दै नगद १५ हजार सहित दोसला ओढाई सम्मान पत्रले तिवारी आमालाई सम्मान गरेको हो।

    गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डे, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले तिवारी आमालाई सम्मान गरेको हो ।

    उप–प्रमुख तिज विशेष कार्यक्रम समेत सम्पन्न

    तिजको मौलिकपन जोगाउन तथा सचेतना जगाउन उप–प्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाको प्राङ्गणमा मंगलबार विभिन्न संघ संस्था तथा समुहबाट २८ समुहले सहभागीता जनाएको प्रतियोगितामा क्षेत्री समाज रामपुर पाल्पाको राधिका क्षेत्रीको समुह प्रथम, रामपुर ईङ्गलिश बोर्डिङ्ग स्कुल रामपुर ५ पाल्पाको समुह द्वितिय, बैडी माध्यमिक विद्यालय चापाकोट ९ स्याङ्जाको समुह तृतीय, विना घिमिरेको समुह र रामपुर ६ राधा आमा समुह चापाकोट नगरपालिका–६ केलादीको मनिषा पोख्रेलको समुह सान्त्वना भएको निर्णायक मण्डलका संयोजक राम प्रसाद ढकालले जानकारी दिएका छन  ।

    456570670_1265464388215582_3876882143952758105_n.jpg


    प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुन सफल समुहलाई क्रमश नगद २५ हजार, १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागीहरुले गीत मार्फत नगरको वर्तमान अवस्था, सम्भावना तथा विकासका कार्यलाई गति दिन चाल्नु पर्ने कदम, नागरिकको भुमिका सहित महिला अधिकार, नारीको वेदना, महिला हिंसा, वैदेशिक रोजगारले समाजमा देखिएका समस्या लगाएतका विषयवस्तु प्रस्तुत गरेका थिए ।


    प्रतियोगिताको गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उट्घाटन गर्दै आपसी सद्भावलाई जोड्न संस्कृतिको महत्वपूर्ण भुमिका हुने बताइन । ‘हामीले मनका सद्भावहरु जोड्न सकेनौ भने हाम्रो विकास अधुरो हुन्छ । हाम्रा सम्बन्धलाई जोड्न र प्रगाढ बनाउन पनि हाम्रा कला संस्कृतिको जगेर्ना गर्नु पर्छ ।’ उनले भनिन । 
    निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले तीजको मौलिक पनको संरक्षण गर्दै भड्कीलो रुपमा नभै सभ्य रुपमा मनाउन आग्रह गरिन।

    रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले तीजको मौलिकपनलाई जीवन्त राख्न कार्यक्रम आयोजना गरिएको बताइन  । तीजको मौलिक भाका संरक्षण संगै पर्वको नाममा भित्रिएका विकृतिलाई हटाउन सचेतनाका लागि कार्यक्रम गर्दै आएको जानकारी समेत गराइन । उपप्रमुख थापाको अध्यक्षतमा भएको कार्यक्रम रामपुर नगरकार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका न्यायिक समितिका सचिव पार्वती परियारले गरेकी थिइन  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij