२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कावासोतीमा आजदेखि तरकारीमा विषादी परीक्षण, नमुना परीक्षणमा खान अयाेग्य तरकारी भेटिएन

कावासोतीमा आजदेखि तरकारीमा विषादी परीक्षण, नमुना परीक्षणमा खान अयाेग्य तरकारी भेटिएन

कावासोतीमा आजदेखि तरकारीमा विषादी परीक्षण, नमुना परीक्षणमा खान अयाेग्य तरकारी भेटिएन

कावासोतीमा आजदेखि तरकारीमा विषादी परीक्षण, नमुना परीक्षणमा खान अयाेग्य तरकारी भेटिएन

कावासोतीमा आजदेखि तरकारीमा विषादी परीक्षण, नमुना परीक्षणमा खान अयाेग्य तरकारी भेटिएन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • नवलपुर । नवलपुरको कावासोती तरकारी थोक बजारमा आजदेखि तरकारीको विषादी परीक्षण शुरु भएको छ । 

    यो सहित नेपालको १२ वटा सहरमा तरकारी थोक बजारमा विषादी परीक्षण प्रयोगशाला नै राखेर काम गरिएको कृषि विभाग केन्द्रिय कृषि प्रयोगशालाले जनाएको छ । 

    कृषि विभाग केन्द्रिय कृषि प्रयोगशालाको आयोजनामा आज कावासोतीमा कृषकहरुलाई अभिमुखीकरण कार्यक्रम राखेर प्रयोगशालाको उद्घाटन समेत गरिएको थियो । प्रयोगशालाको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले उद्घाटन गरे।

    कावासोतीमा पछिल्लो केही दिनमा नमुनाको रुपमा २५ प्रकारका तरकारीहरुमा विषादी प्रयोग परीक्षण गरिएकोमा अहिलेसम्म परीक्षण गरिएका तरकारीहरु खानयोग्य भेटिएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालाका प्राविधिक विरेन्द्र भण्डारीले बताए । 
     
    अभिमुखीकरण तथा प्रयोगशाला उद्घाटन कार्यक्रममा कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले नेपालमा तरकारीका उपभोक्ता भन्दा तरकार उत्पादन गर्ने कृषकहरु विषादीको बढी सम्पर्कमा आउने भएकोले विषादीको पहिलो सिकार कृषकहरु भएको बताए। 

    बढी विषादी प्रयोग गरिएको तरकारी सेवनले उपभोक्तामा तत्कालिन रुपमा कुनै असर नगरेपनि दीर्घकालिन रुपमा नपुंशकता, क्यान्सर जस्ता रोगहरु समेत निम्त्याउने र अन्त्यमा मृत्यु समेत हुने डा. घिमिरेले बताए । 

    कावासोतीमा राखिएको प्रयोगशालामा अहिले १ जना जेटिए स्तरको प्राविधिक र एक जना कार्यालय सहायक गरी २ जना कर्मचारी राखेर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । दिनमा कम्तिमा ५ प्रकारका तरकारीहरुमा विषादी भए नभएको नियमित परीक्षण गरिने कार्यक्रममा जानकारी दिइएको थियो । 

    कार्यक्रममा कावासोती नगरपालिकाका उपप्रमुख फुलकुमारी थनेत लगायतले आफ्ना भनाई राखेका थिए । 

    कार्यक्रममा विषादी प्रयाेगकाे तरिका र यसका असर बारे जिज्ञाशा समेत राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij