परासी। पश्चिम नवलपरासीमा मानव बेचबिखन तथा ओसारपसार बिरूद्व राष्ट्रिय दिवस मनाईएकाे छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति नवलपरासीले ।तिनै तह सरकारकाे प्रतिबद्धता मानवबेचबिखन बिरूद्व सबैकाे ऐक्यबद्धता मुल नाराका साथ
प्रभात फेरि गरि मानव बेचबिखन तथा ओसारपसार बिरूद्व राष्ट्रिय दिवस मनाईएकाे हाे ।परासी बुद्वचाेकदेखी सुरू भएको लाेकतान्त्रिक चाेक हुँदै मालपोतबाटाे हुँदै बुद्वचाेकमा आएर प्रभात फेरि कार्यक्रम सम्पन्न गरिएकाे थियाे ।एउटै लक्ष्य एउटै सार मानव बेचबिखन गर्न अन्त्य हाम्रो साझा सराेकार मानव, बेचबिखन गर्न पाईदैन लगायतकाे प्यालेकार्डसहित प्रभातफेरी गरिएकाे छ ।
कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समितिका प्रमुख भगाैती प्रसाद यादव (रूदल) यादवले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सबै क्षेत्र आ-आफनाे क्षेत्रबाट लाग्नुपर्नेमा जाेड दिए ।उनले भने सबैभन्दा पहिला गाउँ टाेलबाट बेचबिखन तथा ओसारपसार नियन्त्रणमा गर्ने लाग्नुपर्ने बताउदै यस्ता व्यक्ति सामजमा रहेकाले सामाजबाटै निरूसाहित गर्नुपर्ने लाग्नुपर्छ ।जिल्ला प्रशासन कार्यालय निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर कुवरले बेचबिखन तथा ओसारपसार गर्न सबै सराेकारवालाहरूले यसमा सचेत हुन जरुरी रहेकाे बताए ।
यसकाे नियन्त्रण गर्न जनस्तरमा सचेतना जगाई बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न महत्त्वपूर्ण रहेकाे बताए ।जिल्लामा आर्थिक बर्ष २०८०/०८१मा तीन वटा बेचबिखन तथा ओसारपसार मुद्वा दर्ता भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बाेहराले जानकारी दिए ।मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालिएको हो ।कार्यक्रममा बेचबिखन तथा ओसारपसार बिरूद्व काम गर्ने संघसंस्था ,राजनीति दलका पार्टी प्रमुख प्रतिनिधि पत्रकार महासंघ लगायतकाे सहभागिता रहेकाे थियाे ।




