२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेश सभाको २९ औं बैठक भदौ २६ मा बस्दै, यस्तो छ सम्भावित कार्यसूची

दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • दाङ । लुम्बिनी प्रदेश सभाको आगामी बैठक भदौ २६ गते बुधवार बस्ने भएको छ । प्रदेश सभाको आगामी बैठक भदौ २३ गते बस्ने जानकारी गराइएको थियो । तर, अन्तिम समयमा आएर बैठकको मिति सारिएको छ । लुम्बिनी प्रदेश सभा चौथो अधिवेसनको २९ औं बैठक भदौ २६ गते बस्ने तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । बैठक दिउँसो एक बजेका लागी बोलाइएको छ । 

    बैठकले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागी बिषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णययार्थ प्रस्तुत गर्न सक्ने सम्मका सम्भावित कार्यसूची तय भएको जनाइएको छ ।

    यस अघिको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश भएको थियो । प्रतिवेदन सहितको विधेयक पास गर्ने तयारी गरिएपनि  विधेयक पुनः प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो । 

    प्रदेश सभाबाट पास हुनुपर्ने तर, अझैं सम्म सदनले पास नगर्दा कर्मचारीको वृत्तिविकासमा असर परेको भन्दै दिनहुँ ज्ञापन पत्र बुझाउने, सरकारका प्रमुख तथा प्रदेश सभाका अधिकारीहरुलाई ध्यानाकर्षण गराउने काम चलिररहेको छ । प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको संसोधन प्रस्ताव समेत सदनमा लैजाने तयारी गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij