२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

न्यू होराइजनमा तीज विषेश प्रतियोगिता

न्यू होराइजनमा तीज विषेश प्रतियोगिता

न्यू होराइजनमा तीज विषेश प्रतियोगिता

न्यू होराइजनमा तीज विषेश प्रतियोगिता

न्यू होराइजनमा तीज विषेश प्रतियोगिता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • बुटवल । बुटवलको न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयले हिन्दु नारीहरुको प्रमुख चाड हरितालिका तीजको अवसरमा तीज विशेष गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

    प्रतियोगितामा कक्षा २ देखि १२ सम्मका छात्रा, शिक्षिका र महिला कर्मचारीको समूहबीच प्रतिस्पर्धा भएको थियो ।

    जसमा कक्षा २ देखि ४ बीच भएको प्रतिस्पर्धामा कक्षा ३ को समूह  प्रथम, कक्षा २ को समूह दोस्रो कक्षा ४ को समूह तेस्रो भएका छन् ।

    यस्तै कक्षा ५ देखि ७ कक्षा बीच भएको प्रतिस्पर्धामा कक्षा ७ प्रथम, कक्षा ५ दोस्रो र कक्षा ६ तेस्रो भएका छन् ।

    यस्तै कक्षा ८ देखि १० कक्षाबीच भएको प्रतिस्पर्धामा कक्षा १० को समूह प्रथम,कक्षा ८ को समूह दोस्रो र कक्षा ९ को समूह तेस्रो भएको छ ।

    कक्षा ११ र १२ का विञान र व्यवस्थापन संकायका दिवा र बिहानी समूहबीच भएको प्रतिस्पर्धामा कक्षा १२ व्यवस्थापन बिहानी समूह प्रथम, कक्षा १२ विज्ञान दिवा समूह दोस्रो र कक्षा १२ व्यवस्थापन दिवा समूह तेस्रो भएका विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्यालले जानकारी दिए ।

    यस्तै शिक्षिका र महिला कर्मचारीहरुको समूहबीच भएको प्रतिस्पर्धामा कर्मचारी समूह प्रथम, कक्षा ५–७ का शिक्षिका समूह दोस्रो र कक्षा ८देखि १२ का शिक्षिका समूह तेस्रो भए ।

    विजयी सबै समूहले क्रमशः ५ हजार, ३ हजार र २ हजारका दरले नगद पुरस्कार पाए ।  

    उनीहरुलाई विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय,उपप्राचार्यहरु बालकृष्ण भण्डारी,बासुदेव अर्याल, राजीव श्रेष्ठ,अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याल,नृत्य प्रशिक्षक लोकेन्द्र शाह लगायतले पुरस्कार वितरण गरे ।

    fc5d9724-12a9-4077-9372-57fb7a8e93e0.jpg
    undefined

    पुरस्कार वितरण गर्दै विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले संस्थाले नेपाली लोक संस्कृति संरक्षण र यसबारे विद्यार्थीलाई ज्ञान दिलाउन तीज र नृत्य प्रतियोगिता आयोजना गरेको बताए ।

    संस्थाले विद्यार्थीको सर्वाङगीण विकासका लागि अतिरिक्त क्रियाकलाप र खेलकुद, संगीतमा पनि विद्यार्थीलाई सहभागी गराई प्रतिभा प्रष्फुटनको अवसर दिलाएको उपाध्यायले बताए ।

    उक्त कार्यक्रममा प्रतियोगिताका निर्णायक समेत रहेका कलाकार पुरुषोत्तम भण्डारी, श्रीधर अधिकारी, कार्यक्रम सञ्चालिका कल्पना कुसुमले गीत र नृत्य प्रस्तुत गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij