कञ्चन । रुपन्देहीको कञ्चनमा २२ औं निजामती दिवसको पुर्वसन्ध्यामा बिभिन्न प्रजातीका बिरुवाहरु रोपण गरिएको छ। कञ्चन गाउपालिकाको कार्यलय परिसरमा सौन्दर्यकरण कार्यक्रम अन्तर्गत स्वामी, हेज, मखमली र बाह्रमासे फुलका विरुवाहरु रोपण गरिएको हो।
बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै अन्य कञ्चन गाउापँलिकाका अध्यक्ष नवारज ढकालले स्थानीय तहहरुमा भन्दा कञ्चनको सेवा प्रवाहलाई पारदर्शी, नियमित असल शासनको प्रत्याभूति हुनेगरी कार्यगर्ने स्थानीय तहको रुपमा बिकास गर्न सबै कर्मचारीहरुमा उर्जा थपिने बिश्वास ब्यक्त गरे ।
यसैगरी प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले व्यबसायिक र सृजनशिल प्रशासन, विकास, समृद्धि र सुशासन भन्ने निजामती सेवा दिवसको मूल नाराको मर्मलाई अक्षरसः पालना गर्दै पालिकाको सेवा प्रवाहलाई गुणस्तरीय र बिश्वासयोग्य बनाउन सबै लाग्नुपर्ने बताए ।
प्रमुख प्रशासकिय अधिकृत सागर गौतमको अध्यक्षता तथा धनपति ज्ञवालीको सहजिकरणमा भएको बृक्षारोपण कार्यक्रममा पालिकाको कार्यलय परिसरमा २ हजार बिरुवाहरुको बृक्षारोपण गरिएको थियो। कार्यक्रममा पालिका कर्मचारी, ५ वटै वडा कार्यलयका कर्मचारी, सेतो गुरांसका प्रतिनीधि लगायतले बृक्षारोपण गरेका थिए।




