२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बाढीले बगाउँदा बागलुङमा २ जनाको ज्यान गयो, एक जना बेपत्ता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २१ २०८१
शुक्रवार, भाद्र २१ २०८१
  • बागलुङ । बागलुङको बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् ।

    मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र त्यही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

    गएराति बान्द्रे खोलाको बाढीले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरलाई बगाएको हो । बागलुङ नगरपालिका–४ बान्द्रेका २० वर्षीय कमल सापकोटा बेपत्ता हुनुहुन्छ । उहाँको खोजी भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

    बागलुङ आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । नदी तथा खोला क्षेत्रमा बस्ने तथा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij