२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

वर्षाले देवदह क्षेत्र प्रभावितः फर्म र वस्तीमा पानी पस्याे, २ जनाको उद्वार

पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, भाद्र २१ २०८१
शुक्रवार, भाद्र २१ २०८१
  • भैरहवा । विहीबार रातीबाट परेका अविरल वर्षाका कारण रुपन्देहीको देवदह क्षेत्र प्रभावित बनेको छ ।

    देवदहको खैरनी स्थित रोहिणी खोला अकस्मात बढ्न जादा देवदह नगरपालिका ३ टंक बहादुर थापाले संचालन गरेको बंगुर फर्ममा पानी पसेको छ । फर्मभित्र काम गर्ने २ जना फसेकोले प्रहरी र स्थानीयको सहायताले सकुशल उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले जानकारी दिए ।

    प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । फर्म वरिपरि ठूलो मात्रामा पानी परेकोले वरिपरिको क्षेत्रमा सर्तकता अपनाइएको छ । अहिले भने पानीको वहाव घटिरहेको छ । 

    457645839_1559133491680873_3344935688016239658_n.jpg
    राेहिणी खाेलाकाे बहाव

    यस्तै देवदह ३ घोडहा खोला आसपासको क्षेत्र पनि प्रभावित बनेको छ । खोलामा पानीको वहाव बढ्दा वरपरको वस्तीमा पानी पसेको छ । स्थानीय ४ वटा घरमा पानी पसेकोले तीनिहरुलाई स्थानीयको सुरक्षित घरमा स्थानान्तरण गरिएको छ । सामानहरुको केही सामान्य क्षति भएपनि मानवीय क्षति भएको छैन । 

    स्थानीय र सुरक्षकर्मीको टोली उद्वारमा खटिएका छन । जिल्ला प्रशासन कार्यालय,  विपद उद्वार टोली, सुरक्षाकर्मीका प्रमुखहरु, रेडक्रस तथा सामाजिक संस्थाहरु पनि विपद स्थलमा पुगेर अवस्था बारे जानकारी लिइरहेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij