२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तुको जगदीशपुर ताल योजना र पुर्वाधार अभावमा ओझेलमा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २१ २०८१
शुक्रवार, भाद्र २१ २०८१
  • विकास बन्जाडे- कपिलवस्तु । प्रशस्त पर्यापर्यटनको आकर्षण हुँदा पनि पर्यटकिय संभावना बोकको विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तुको जगदीशपुर ताल आसापास योजना र पुर्वाधार अभावमा ओझेलमा परेको छ ।

    चरा पर्यटनको राम्रो सम्ंभावना बोकेको नेपालको दोस्रो पन्क्षी आरक्षका रुपमा समेत परिचित यस तालमा तिनै तहका सरकारको समन्वय अभावमा विकासको काम अघि बढन सकेको छैन् ।

    हिउँदमा १ सय ६७ भन्दा बढी प्रजातिका चराचुरुङ्गी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरहरुको बसोबास हुने यस ठाउँमा सिमसार क्षेत्र भएकै कारण देखाउँदै भौतिक पुर्वाधार खासै निर्माण हुन नसक्दा ओझेलमा परेको स्थानीयवासिन्दा विष्णु पोखरेल बताउँछन् ।

    थानीय, प्रदेश र संघीय सरकारको सम्वन्यमा तालआसपासको क्षेत्रमा सरसफाइ गरी भौतिक संरचना निर्माण हुनुपर्ने अर्का स्थानीय राम अवतार यादवको माग छ । सिरसारका नाममा ताललाई व्यवस्थीत गरी पर्यटन पुर्वाधारका काम नगरी मागी खाने भाँडो बनाउन नहुने समाजसेवी हिरालाल पौडेल बताउनुहुन्छ । प्रदेश साँसद एवं पुर्व स्वास्थ्य मन्त्री विष्णु पन्थी जगदीशपुरलाई थप पर्यटन आकर्षणको केन्द्रको रुपमा विकास गर्न आफु लागी परेको भनाइ छ ।

    १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको जगदीशपुर ताल एशियाकै मानव निर्मित कृत्रिम मध्येको दोस्रो ठूलो ताल हो । विश्व सिमसार क्षेत्रमा सुचिकृत पर्यटकीय महत्व बोकेको यस तालमा हिउ“दमा साइबेरिया, रुस, चीन, मंगोलिया तथा मध्य एशियाका देशबाट समेत चराचुरुङ्गी आउने गर्दछन् । विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर ताललाई थप व्यवस्थित गर्न सके यहाँ स्वदेशी र विदेशी पर्यटक बढ्ने स्थानीयबासिन्दा बताउँछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij