२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'

फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'

फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'

फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'

फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • काठमाडौँ । फ्रान्सका झण्डै २०० माध्यमिक विद्यालय (कक्षा ६ देखि ८) ले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यसलाई ‘डिजिटल ब्रेक’ नाम दिइएको छ । अहिले यो अभियान परीक्षणको चरणमा छ ।

    किशोरकिशोरीहरूको मोबाइल र इलेक्ट्रोनिक उपकरणहरूमा स्क्रिन समय कम गर्न र तिनीहरूलाई अनलाइन शोषण र साइबर बुलिङबाट जोगाउन यो निर्णय गरिएको हो । रिपोर्टका अनुसार किशोर र विद्यालयका कर्मचारी दुवै यो प्रयोगबाट सन्तुष्ट रहेको बताइएको छ । यदि यो परीक्षण सफल भयो भने, यसलाई २०२५ सम्म फ्रान्सका सबै विद्यालयहरूमा लागू गर्न सकिने बताइएको छ ।

    किशोरकिशोरीहरूको मोबाइल र इलेक्ट्रोनिक उपकरणहरूमा स्क्रिन समय सीमित गर्न र उनीहरूलाई अनलाइन शोषण र साइबर बुलिङबाट जोगाउन यो निर्णय गरिएको हो ।

    किशोरकिशोरीहरूले बिहान विद्यालय आउँदा शिक्षकहरूलाई मोबाइल फोन बुझाउँछन्। जबसम्म उनीहरू विद्यालयमा हुन्छन्, उनीहरूको मोबाइल फोनहरू एकदमै सुरक्षित ब्रिफकेसमा राखिन्छन् । यसका लागि सम्बन्धित विद्यालयले आफैं रकम जम्मा गरी ब्रिफकेस जस्ता भण्डारण उपकरण खरिद गरेका छन् ।

    फ्रान्सेली शिक्षा मन्त्री निकोल बेलोबेटले सामाजिक सञ्जाल पोस्टमा भने, 'बच्चाहरू विद्यालयमा आउँछन् र शिक्षकलाई आफ्नो फोन दिन्छन्। यो नयाँ विद्यालय वर्षको लागि नयाँ नियम हो। यो २०० विद्यालयहरूमा परीक्षण भइरहेको छ। हामी वास्तवमै सुरु गर्दैछौं। विद्यालयमा ‘डिजिटल ब्रेक’, यो पनि विद्यालयको कामको एउटा हिस्सा हो ।

    यो प्रयोगका लागि सरकारले पैसा खर्च गरिरहेको छैन । देशका जुन विभागले माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गर्छ, त्यो जिम्मेवारी पनि उनीहरूमाथि नै परेको छ । यस्तो अवस्थामा धेरै विभागहरूले यो थप बोझ महसुस गरिरहेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार केही विभागहरूले यो प्रयोग देशभर लागू गरिएमा १२ करोड ५० लाख युरोसम्म लाग्ने अनुमान गरेका छन् ।

    यद्यपि, बेलोबेट यससँग सहमत छैनन्। सेप्टेम्बर ३ मा उनले पेरिसको माध्यमिक विद्यालयको भ्रमण गरे । यस क्रममा उनले ब्रिफकेसजस्ता सामान खरिद गर्दा निकै कम खर्च हुने बताए । उनले आफूले भ्रमण गरेको विद्यालयमा मोबाइल फोन भण्डारण गर्न रोजिएको ब्रिफकेसको करिब ६० युरो खर्च भएको र विद्यालयको आफ्नै कोषबाट भुक्तानी गरिएको बताइन् ।

    धेरै विज्ञहरूले स्मार्टफोनको बढ्दो प्रयोग र किशोरकिशोरी र बालबालिकामा सामाजिक सञ्जालप्रतिको झुकावले लतको मात्रा बढ्दै गएको चेतावनी दिएका छन् । यसलाई स्वास्थ्य र कल्याणको लागि ठूलो खतराको रूपमा हेरिएको छ। बालबालिकालाई फोनबाट टाढा राख्न अभिभावक र विद्यार्थीलाई निकै गाह्रो भइरहेको छ । रिपोर्टका अनुसार, गत वर्ष स्पेनका धेरै किशोरकिशोरीका आमाहरू एकसाथ आएर च्याट ग्रुप बनाए । यस समुहको नाम हो, 'एडोलसेन्स फ्री अफ मोबाइल फोन ।'

    यो समूह अभिभावकहरूमाझ यति लोकप्रिय भयो कि केही महिनामै १०,००० भन्दा बढी व्यक्तिहरू यसका सदस्य भए । यसमा अभिभावकहरूले बालबालिकालाई फोनबाट टाढा राख्ने उपायहरूबारे छलफल गर्छन् । बच्चाले जति नै जिद्दी गरे पनि १६ वर्ष पुग्नुअघि स्मार्टफोन नदिने भनेर हामी एकअर्कालाई मनाउछौँ । अन्य धेरै देशहरूमा पनि यस्ता अभियानहरू सञ्चालन भइरहेका छन्।

    'जब मैले सुरु गरें, म मेरो जस्तै चार परिवार भेट्टाउने आशामा थिएँ, तर समूह मात्र बढ्दै गयो,' समूह सिर्जना गर्ने गार्सिया परमानेले भने । आफ्नो उद्देश्य बताउँदै उनी भन्छिन्, 'मेरो लक्ष्य अरू अभिभावकहरूसँग जोड्ने थियो, ताकि स्मार्टफोन भर्खरै आएको अवस्थामा हामी सबै मिलेर पुग्न सकौं । म प्रयास गर्नेछु कि मेरा छोराछोरीसँग मात्र मोबाइल नहोस्।'

    यस विषयमा अभिभावक मात्र नभएर प्रहरी र स्वास्थ्य विज्ञहरूले पनि निरन्तर चिन्ता व्यक्त गरिरहेका छन् । मोबाइल जस्ता यन्त्रहरूमा हिंसात्मक र अश्लील भिडियोहरू हेर्ने बालबालिका र किशोरकिशोरीहरूमा ठूलो वृद्धि भएको छ। धेरै किशोर किशोरीहरु सामाजिक सञ्जालबाट आत्मविश्वास गुमाएर डिप्रेसनमा जान थालेका छन्। उनीहरुको मानसिक विकास र सिकाइ क्षमतामा समेत असर परेको छ । गत वर्ष बेलायतमा १६ वर्षीय किशोरी ब्रायनाको हत्या भएको थियो । यस अपराधमा दुई किशोरको संलग्नता थियो । यसपछि त्यहाँ पनि १६ वर्ष मुनिका किशोरकिशोरीहरूलाई सामाजिक सञ्जाल र स्मार्टफोनबाट टाढा राख्ने अभियानले गति लिइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij