२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

६ वर्षमा पनि त्रिवेणी सडक नबन्दा स्थानीयलाई सास्ती

६ वर्षमा पनि त्रिवेणी सडक नबन्दा स्थानीयलाई सास्ती

६ वर्षमा पनि त्रिवेणी सडक नबन्दा स्थानीयलाई सास्ती

६ वर्षमा पनि त्रिवेणी सडक नबन्दा स्थानीयलाई सास्ती

६ वर्षमा पनि त्रिवेणी सडक नबन्दा स्थानीयलाई सास्ती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • परासी । नारायणचोक–त्रिवेणी हुलाकी  सडक ६ वर्षसम्म पनि निर्माण नहुँदा स्थानीयले आवतजावतमा  सास्ती खेप्नुपरेको छ । हुलाकी  सडकअन्तर्गत पश्चिम नवलपरासीको  नारायणचोक–त्रिवेणी सडक निमार्णमा ठेकेदार कम्पनीले  चरम  ढिलासुस्ती गर्दा स्थानियले सास्ती खेप्नुपरेको  हो । नारायणचोक–त्रिवेणी खण्डअन्तर्गत  पर्ने बेलाटारीसम्मको  ६ किलोमिटर खण्ड जीर्ण भएका कारण यात्रामा कठिनाइ छ । हुलाकी  सडक निर्माणमा चरम ढिलासुस्ती भएपछि पश्चिम नवलपरासीका जनप्रतिनिधि र राजनैतिक दलले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

    ६ वर्ष बित्दा समेत सडक विस्तारको काममा प्रगती हुन नसकेपछि सरोकारवालाहरुले  जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिएका हुन् । हुलाकी सडकअन्तर्गत जिल्लाको नारायणचोक–त्रिवेणी खण्डअन्तर्गत पर्ने बेलाटारीसम्मको साढे ६ किलोमिटर खण्ड जीर्ण भएका कारण यात्रामा कठिनाइ भएकाले प्रतापपुर गाउँपालिकाको अगुवाइमा धर्ना, आमरण अनसनसहितका दबाबमूलक कार्यक्रम सार्वजनिक गरी प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । 


     हुलाकी सडक निर्देशनालयअन्तर्गत गोपिगञ्जदेखि बेलटारीसम्मको ६ दशमलव ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि गाउँपालिकाले तत्काल कामलाई अगाडि बढाउन र निर्देशनालयले काम गर्न नसक्ने हो भने गाउँपालिकालाई कार्यान्वयनको जिम्मा दिन माग गरेको छ ।


    गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले संघ सरकारलाई पठाएको पत्रमा पालिकालाई कार्यान्वयनको जिम्मेवारी दिएमा बाँकी काम ४ महिनामा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । संघीय सरकारअन्तर्गतको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुमार्फत् निर्माण भइरहेको उक्त खण्डको काम ६ वर्षमा जम्मा ३५ प्रतिशत मात्र पूरा भएको छ ।


     बज्र महालक्ष्मी जेभीले उक्त सडक विस्तारको लागि ४९ करोडमा ठेक्का पाएको थियो । धुलो र हिलोका कारण उक्त खण्ड हँुदै यात्रा गर्न निकै कठिन भएको छ भने गाउँपालिकाको कार्यालय समेत सोही सडक खण्डमा पर्ने भएकाले सेवाग्राहीलाई समस्या भएको अध्यक्ष यादवले बताए । वर्षायामका कारण काम रोकिएको भन्दै यही हप्ताबाटै काम सुरु गर्ने ठेकेदारले प्रतिबद्धता जनाएको हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनियर युवराज पाण्डेले जानकारी दिए । 


    गत वर्ष थप गरिएको म्याद यो वर्षको चैत्रमा सकिंदैछ । नवलरासीमा तीन खण्डमा विभाजन गरेर कुल १ अर्ब १ करोडको लागतमा हुलाकी सडक विस्तारको काम हँुदैछ । तीन वटै खण्डको काम निकै सुस्त छ । नारायणचोकदेखि बेलाटारी सडक खण्ड, कठहवादेखि बेलाटारी सडक खण्ड  तथा प्रदेश सरकारअन्तर्गतको महेशपुर–त्रिवेणी खण्डको बर्दघाटदेखि सूर्यापूरा तथा भुजहवा– खैरेनी खण्डको सोमनी सोनवर्षा हुँदै खैरेनी सडक खण्ड अलपत्र छ । यी सबै सडक अलपत्र हँुदा स्थानीयहरू सुख्खामा धुलो र वर्षायाममा हिलोले गर्दा सास्ती खेप्नुपरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij