२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नरेन्द्र मोदी तेस्रोपटक भारतका प्रधानमन्त्री

नरेन्द्र मोदी तेस्रोपटक भारतका प्रधानमन्त्री

नरेन्द्र मोदी तेस्रोपटक भारतका प्रधानमन्त्री

नरेन्द्र मोदी तेस्रोपटक भारतका प्रधानमन्त्री

नरेन्द्र मोदी तेस्रोपटक भारतका प्रधानमन्त्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • नरेन्द्र मोदी तेस्रोपटक भारतका प्रधानमन्त्री भएका छन्।
    टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडिएका नेताहरूले दलको नेताका रूपमा मोदीलाई नियुक्त गरेको जानकारी गराएका हुन्। यसपछि मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट गरेका थिए।

    राष्ट्रपति भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै मोदीले आफूलाई राष्ट्रपति मुर्मूले प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिएका हुन्।

    'मलाई माननीय राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ। मैले सम्भवत आइतबार प्रधानमन्त्रीको शपथ ग्रहण हुने जानकारी गराएको छु,' मोदीका भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ।

    उनले शपथ ग्रहण गर्नुअघि मन्त्रीहरूको नामावली सूची राष्ट्रपतिकहाँ पेस गर्ने जानकारी पनि दिएका छन्।
    मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्‍द्रबाबु नायडू प्रमुख रहेको तेलगु देसम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति गरेका थिए। उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमा थिए।

    भाजपाले एक्लै बहुमत (२७२) सिट नजितेकोले एनडिएका दलहरूको सहयोगमा मोदीले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको थियो।

    मोदीलाई प्रधानमन्त्रीमा १२ सिट जितेको जनता दल (युनाइटेड) र १६ सिट जितेको तेलगु देसम पार्टी (टिडिपी) ले समर्थन गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij