२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु

भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु

भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु

भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु

भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • काठमाडौँ । भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु भएको छ ।

    मिडिया रिपोर्ट अनुसार भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको ज्यान गएको छ भने ५४ जना बेपत्ता भएका छन् । हावाहुरीका कारण शनिबारदेखि भारी वर्षा र बाढीको अवस्था सिर्जना भएको छ । पहिरोका कारण अवस्था बिग्रिएको छ ।

    उत्तरी भियतनाममा हजारौं मानिस घरको छानामा फसेका छन् । सामाजिक सञ्जालमा धेरैले सहयोगको अपिल गरेका छन् । टाइफुन यागी भियतनाममा विगत ३० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी हो, जसले देशको उत्तरी भागमा विनाश मच्चाएको छ।

    फु थो प्रान्तमा फोङ चाउ पुल भत्किँदा धेरै सवारी साधन पानीमा डुबेका छन् । आँधी यागी पश्चिमतर्फ सर्ने क्रममा क्षति बढ्ने अधिकारीहरूले चेतावनी दिएका छन् । यागी आँधीमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । बाढी र पहिरोका कारण धेरै पुल र भवनहरु भत्किएका छन् ।

    भियतनाम भन्दा पहिले दक्षिणी चीन र फिलिपिन्समा यागी आँधीका कारण २४ जनाको ज्यान गएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij