२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर

इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर

इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर

इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर

इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौँ । रुसले इरानी क्षेप्यास्त्र प्राप्त गरेको प्रतिवेदनमा बेलायतले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने बहसलाई नयाँ मोड दिएको जनाएको छ ।

    युक्रेनको भ्रमणमा रहेका बेलायती विदेशमन्त्री डेभिड ल्यामीले भने, रुसको गहिराइसम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र दिनेबारेको बहस अब परिवर्तन भएको छ।

    लन्डनमा भएको वार्तापछि लामी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेनको राजधानी किभ पुगेका थिए र लामीले किभलाई ६० करोड पाउण्ड सहयोग गर्ने घोषणा गरेका थिए ।

    त्यहाँ उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटे । जेलेन्स्कीले आफ्ना सहयोगीहरूसँग लामो दूरीका क्षेप्यास्त्रहरूको आपूर्ति र प्रयोगको अनुमति दिन लगातार माग गर्दै आएका छन्।

    अमेरिका र बेलायतले रुसको गहिराइसम्म प्रहार गर्न सक्ने लामो दुरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएका छैनन् किनभने त्यहाँ थप युद्धको खतरा छ । बुधवार, जेलेन्स्कीले भने, रुसविरुद्धको युद्धमा कीभको जित धेरै हदसम्म संयुक्त राज्य अमेरिकाको समर्थनमा निर्भर गर्दछ ।

    युक्रेनका विदेशमन्त्री एन्ड्रि सिबिहाले इरानले रुसलाई क्षेप्यास्त्र आपूर्ति गरिरहेको खबर आएका बेला लामो दुरीका क्षेप्यास्त्रमाथिको प्रतिबन्ध हटाउनु आवश्यक भएको बताए ।

    लामीले भने, इरानले रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरिरहेको छ र अब उसको सेनाले युक्रेन भित्र प्रहार गर्न सक्छ । यो निकै खतरनाक छ । रुस आफ्ना सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ। त्यसैले हामीले युक्रेनलाई थप मद्दत गर्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij