बुटवल । रुपन्देही प्रहरीले १२ वर्ष फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । तत्कालिन पुनरावेदन अदालत बुटवलको मिति २०६९।१०।१५ गतेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्धामा १० बर्ष कैद सजाय फैसला भएका जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका वडा नं. ३ बस्ने वीरेन्द्र जैसवाललाई प्रहरीले पक्राउ गरेको हो ।
२०८१।०२।२५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले १२ बर्ष पछी पक्राउ गरी सम्मानित रुपन्देही जिल्ला अदालतमा पेश गरीएकोमा निज कैद सजाय भुक्तानको लागी आजै जिल्ला कारागार कार्यालय रुपन्देहीमा चलान भएको प्रहरीले जनाएको छ ।




