२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बर्दघाटमा बजार अनुगमन

उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बर्दघाटमा बजार अनुगमन

उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बर्दघाटमा बजार अनुगमन

उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बर्दघाटमा बजार अनुगमन

उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बर्दघाटमा बजार अनुगमन
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • परासी ।पश्चिम नवलपरासीमा सचेतनामुलक बजार अनुगमन गरिएकाे  छ ।जिल्लाकाे बर्दघाट नगरपालिकामा सचेतनामुलक बजार अनुगमन गरिएकाे हाे ।उपभोक्तालाई सचेत गराउदै बर्दघाट नगरपालिकाकाे वडा न ४ स्थित रहेकाे खाद्यान्न पसल हाेटल रेष्टुरेन्ट उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्वार्थनगर रूपन्देहीले नेतृत्वमा संयुक्त बजार अनुगमन गरिएकाे हाे ।

    अनुगमनकाे क्रममा व्यवसायीहरू सचेत रहेकाे उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्वार्थनगर रूपन्देहीका निमित्त निर्देशक ईश्वर चन्द्र अर्यालले जानकारी दिए।उनले भने नियमित रूपले बजार अनुगमन गरिदै आएकाे बताए ।साेहि क्रममा नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिकाकाे वडा ४ काे बजार खाद्यान्न पसल हाेटल रेष्टुरेन्ट उद्योग लगायत पसलहरू अनुगमन गरिएको जानकारी दिए ।

    म्याद ग्रुजिएकाे अखाद्य बस्तु नियन्त्रणमा लिई नष्ट गरिएकाे र हाेटल रेष्टुरेन्टमा किचनमा सरसफाई नदेखिएकाेले त्यस्ता हाेटल रेष्टुरेन्टलाई किचनमा सरसफाईमा ध्यान दिन निर्देशन दिईएकाे निमित्त निर्देशक अर्यालले बताए ।खाद्यान्नसग संगै कुखुराको दानासंगै राखिएको पाईएकाेले छुट्टाछुट्टै राख्न निर्देशन दिईएकाे छ ।

    दुई वटा कुनै सम्बन्धि निकायमा दर्ता नगरी संचालन गरेकाे पाईएकाे उक्त दुई वटा पसललाई सम्बन्धि निकायमा दर्ता गरि संचालन गर्न अनुमगन समितिले निर्देशन दिएकाे छ ।बर्दघाट नगरपालिका वडा न ३४ वटा उद्योग र व्यापार पसलकाे अनुगमन गरिएकाे घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत पुरूषाेत्तम पाैडेलले जानकारी दिए ।

    अनुगमनमा  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन प्रसाद रेग्मी ,घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत पुरूषाेत्तम पाैडेल,बर्दघाट नगरपालिका लिला बहादुर चाैधरी,उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय शाखा अधिकृत नारायण प्रसाद न्याैपाने ,उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय अधिकृत जेदु राम पन्थी,बर्दघाट उद्योग बाणिज्य संघकी प्रतिनिधि नविना ज्ञवाली,बर्दघाट ईलाका प्रहरी कार्यालयका  असई बिन बहादुर बाग्गले पत्रकारहरू सहभागिता रहेकाे थियाे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij