२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गौतमबुद्ध विमानस्थललाई हवाइ रूट लिन फेरि पहल

गौतमबुद्ध विमानस्थललाई हवाइ रूट लिन फेरि पहल

तत्कालीन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा पनि हवाइ रुटको विषयमा छलफल भएको थियो । तर  त्यसपछि नेपालको तर्फबाट कुनै कूटनीतिक पहल नै भएन र हालसम्म त्यो एजेण्डा जस्ताको त्यस्तै छ ।

गौतमबुद्ध विमानस्थललाई हवाइ रूट लिन फेरि पहल

गौतमबुद्ध विमानस्थललाई हवाइ रूट लिन फेरि पहल

तत्कालीन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा पनि हवाइ रुटको विषयमा छलफल भएको थियो । तर  त्यसपछि नेपालको तर्फबाट कुनै कूटनीतिक पहल नै भएन र हालसम्म त्यो एजेण्डा जस्ताको त्यस्तै छ ।

गौतमबुद्ध विमानस्थललाई हवाइ रूट लिन फेरि पहल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • लुम्बिनी संवाददाता
    बुटवल  
    भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सहजरुपमा उडानका लगि हवाइ रुट वाधक बनेको सन्दर्भमा सरकारले थप हवाइ रुटका लागि भारतलाई फेरि आग्रह गरेको छ । भारतमा आयोजना गरिएको नागरिक उड्डयन सम्बन्धी दोस्रो एसिया प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भारत सरकारलाई यस्तो आग्रह गरेका हुन् ।


    यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हवाइ रुट दिन माग गरेका थिए । तर भारतले आनाकानी गरिरहेको छ । 


    लुम्बिनी र पोखरामा रहेको अन्तर्राष्ट्रिय एयरपोर्टका लागि भारतले थप रुट उपलब्ध नगराएका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । हाल दुवै एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको छैन ।


    पर्यटनमन्त्री पाण्डेले बिहीबार भारतका नागरिक उड्डयमन्त्री राममनोहर नायडु किन्जरापुसँगको भेटमा थप हवाइ रुट उपलब्ध गराउन आग्रह गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मन्त्री पाण्डेले नेपालका विभिन्न शहरमा भारतबाट सिधा उडानका लागि आग्रह गर्दै थप एयररुट उपलब्ध गराउन आग्रह गरे ।


    बुधबार भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावतसँगको भेटमा र सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पनि मन्त्री पाण्डेले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सहरहरूबिच सिधा हवाई उडानका लागि प्रस्ताव गरेका थिए ।
    नेपालका लुम्बिनी, पोखराजस्ता सहरमा भारतबाट सिधा उडान तथा थप रुट दिने विषयमा भारतका मन्त्रीहरूले सकारात्मक प्रतिक्रिया जनाएको तर त्यसमा नेपाल सरकारको तर्फबाट पहल हुनुपर्ने नेपाली दूतावासका अधिकारीले बताएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ । 


    दूतावासका एक अधिकारीका अनुसार भारत सकारात्मक मात्र भएर हुँदैन, त्यसमा नेपालले पनि चासो लिइरहनु पर्छ । त्यसका लागि पटक–पटक पहल गरिरहनु पर्छ । त्यसमा नेपाल कमजोर देखिएको छ ।
    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठ १७ गते गरेको भारत भ्रमणको क्रममा पनि हवाइ रुटको विषयमा छलफल भएको थियो । 


    भारत थप रुट दिन तयार पनि भएको थियो । दुवै देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि थप हवाइ रुट दिन भारत सरकार सकारात्मक रहेको बताएका   थिए । भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले पनि भारतले थप हवाइ रुट दिने जिकिर गर्दै त्यसमा सहमति नै भइसकेको बताएका थिए ।


    तर त्यसपछि नेपालको तर्फबाट कुनै कूटनीतिक पहल नै भएन र हालसम्म त्यो एजेण्डा जस्ताको त्यस्तै छ । पर्यटनमन्त्री पाण्डेले भारत भ्रमणका क्रममा यो विषय प्राथमिकता साथ उठाएका हुन् । तर उनी फर्किसकेपछि त्यसतर्फ कति पहल हुन्छ र परिणाम कहिले देखिन्छ भन्ने हेर्न बाँकी छ ।


    भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय सीमा नजिक भएकाले मौसमलगायतका कारणले भारतीय हवाइ क्षेत्रमा जहाजहरू पुग्नसक्ने अवस्था हुन्छ । त्यसलाई सम्बोधन गर्न भारतले प्रतिबद्धता जनाएको तत्कालीन प्रधानमन्त्री प्रचण्डले त्यतिबेला नै पत्रकारहरूलाई जानकारी गराएका थिए ।


    नेपाल–भारतबिच हुने हरेक उच्चस्तरीय भ्रमणमा हवाइ रुटको विषय उठ्ने गरेको छ । भारतले रुट उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउँदै आएको छ । तर अवस्थामा केही सुधार भएको छैन ।


    भैरहवामा उपकरण ल्यान्डिङ सिस्टम (आइएलएस)को विषयलाई लिएर दुई देशका संयुक्त प्राविधिक टोलीको बैठक बस्ने र त्यसले गर्ने सिफारिसका आधारमा निर्णय गर्ने सहमति भएको थियो । तर त्यसमा हालसम्म कुनै छलफल भएको छैन । 
    २०८० पुसमा भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएको बेला हवाइ रुटको विषयमा पुनः चर्चा भएको थियो । उनले परराष्ट्र मन्त्रालयमार्फत् पर्यटन मन्त्रालयसँग हवाइ रुटको बारेमा सुझाव माग गरेका थिए । पर्यटन मन्त्रालयले त्यसको जवाफ पनि पठाएको थियो । त्यसपछि हालसम्म भारतबाट कुनै प्रतिक्रिया आएको छैन ।


    पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार महेन्द्रनगरको रुट तथा सीमा निकट उडानको विषयमा सुझावहरू पठाइएको ६ महिनाभन्दा बढी भइसक्यो, तर हालसम्म त्यसको कुनै प्रतिक्रिया आएको छैन ।


    सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा हवाइ रुटको विषयमा सहमति भएको थियो । दुवै देशका सम्बन्धित अधिकारीलाई ६ महिनाभित्र यसलाई टुङ्ग्याउन त्यतिबेला निर्देशन दिइएको थियो । त्यो निर्देशन दिएको १० वर्ष भइसक्दा समेत कुरा जहाँको त्यहीँ छ । 


    नेपाल–भारतबिच हुने हरेक उच्चस्तरीय भ्रमणमा हवाइ रुटको विषय उठ्ने गरेको छ । भारतले रुट उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउँदै आएको छ । तर अवस्थामा केही सुधार भएको छैन ।
    भारतले गोरखपुरमा रहेको सैनिक ब्यारेकमाथि हवाइ क्षेत्र पर्ने भएकाले भैरहवामा विमान प्रवेश बिन्दु उपलब्ध गराउन नचाहेको जानकारहरू बताउँछन् ।


    भारतले थप रुट दिएन भने पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले प्रतिफल दिन नसक्ने र निजी क्षेत्रबाट भएको अर्बौं लगानी डुब्ने जोखिमले व्यवसायीहरु चिन्तित छन् ।  हाल भारतले नेपाली वायुसेवाहरूलाई सिमरा हुँदै प्रवेश अनुमति दिएको छ । अर्को रुट नदिएसम्म पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि सोही रुट प्रयोग गर्नुपर्छ । त्यो रुट प्रयोग गर्दा हवाई उडान महँगो हुन्छ ।


    सिमराबाट अधिकांश अन्तर्राष्ट्रिय उडानहरू नेपालमा प्रवेश गरे पनि पूर्वी प्रवेश बिन्दुबाट भुटान र ल्हासा हुँदै आएका विमान नेपाल प्रवेश गर्छन् । विज्ञहरूका अनुसार सिमरा रुटबाट काठमाडौँ प्रवेश गर्न ठिक छ, तर सोही रुटबाट भैरहवा र पोखरा विमानस्थल जानुपर्दा दुरी लामो हुन्छ र त्यसले टिकटदेखि हरेक कुरा महँगो हुनेछ । 


    पर्यटनमन्त्री पाण्डेको यो भ्रमणपछि पनि नेपाली पक्षले हवाइ रुटका लागि नियमितरुपमा कुटनीतिक र प्रशासनिक गरिराख्नुपर्ने रुपन्देहीका व्यवसायीको माग छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु पूर्ण क्षमतामा चल्न नसके सयौं व्यवसायीको अर्बौं लगानीका व्यवसाय संकटमा पर्ने भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली बताउँछन् । रुपन्देहीका व्यवसायीले  अन्तर्राष्ट्रिय उडानहरु पूर्ण क्षमतामा सञ्चालनको माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij