२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेता चन्द्र भण्डारीद्वारा गुल्मीका दुई कार्यालय प्रमुखहरूको प्रशंसा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • गुल्मी । नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र  नम्बर १  का सांसद डाक्टर चन्द्र भण्डारीले   गुल्मीको  दुई  कार्यालय प्रमुखहरूको खुलेरै प्रशंसा गरेका छन् ।  

    गुल्मी जिल्लाका स्थानीय तह र सरकारी कार्यालयहरूको आर्थिक वर्ष २०८०/०८१ को समीक्षा बैठकका प्रमुख अतिथि डाक्टर भण्डारीले सडक पूर्वाधार विकास कार्यालय प्रमुख सचितानन्द चौधरी र जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख भरत सापकोटाको  प्रशंसा गरेका हुन ।  उनले  कार्यालय प्रमुख सापकोटालाई  भने - तपाईँलाई देख्दा खेरी र सडकको इन्जिनियरलाई देख्दा मलाई के लागेको छ भने चाइनाले त्यसै विकास गरेको रहेनछ । 

    त्यस्तै उनले गुल्मी जिल्लाको शैक्षिक अवस्था देशमै गर्व गर्न लायक रहेको भन्दै प्रशंसा गरे  ।   बिहीबार गुल्मी जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयहरूको गत आर्थिक वर्षको प्रगति  समीक्षा बैठकलाई सम्बोधन गर्दै  प्रमुख अतिथि  नेता भण्डारीले  यी दुई सरकारी कार्यालय प्रमुख र यहाँको शैक्षिक क्षेत्रको प्रशंसा गरेका  हुन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij