२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रदेश व्यापार संघ गठन, अध्यक्षमा ज्ञवाली

प्रदेश व्यापार संघ गठन, अध्यक्षमा ज्ञवाली

व्यवसाय प्रवद्र्धनका लागि दरिलो पैरवी गर्ने प्रतिवद्धता

प्रदेश व्यापार संघ गठन, अध्यक्षमा ज्ञवाली

प्रदेश व्यापार संघ गठन, अध्यक्षमा ज्ञवाली

व्यवसाय प्रवद्र्धनका लागि दरिलो पैरवी गर्ने प्रतिवद्धता

प्रदेश व्यापार संघ गठन, अध्यक्षमा ज्ञवाली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका व्यवसायीहरुको बुटवलमा सम्पन्न भेलाले प्रदेशस्तरिय लुम्बिनी प्रदेश व्यापार संघ गठन गरेको छ । उद्योग र व्यापार अलगअलग प्रकृतिका विषय भएको र राज्यका नीतिहरु पनि तद्अनुरुप हुनुपर्ने धारणा अघि सार्दै व्यापारिहरुको छाता संगठनका रुपमा राष्ट्रिय सञ्जालको लागि प्रदेशस्तरिय नेटवर्क बनाउने घोषणा गरिएको छ । 


    रुपन्देही व्यापार संघको पहलमा आयोजना गरिएको प्रदेश स्तरिय संघसंस्था परिचायत्मक, अन्तरक्रिया एवं भेलाले सो संघ गठन गरेको हो । भेलाले रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ । 


    गठित गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा दिपक प्रसाद अधिकारी, उपाध्यक्षमा दुर्गा पाण्डे र नेत्रप्रसाद भुसाल, महासचिवमा जिवनाथ पाण्डे, कोषाध्यक्षमा प्रकाशराज पौडेल, सचिवमा थानेश्वर गैरे रहनु भएको छ । 


    यसैगरि सदस्यहरुमा शंकर भट्टराई, श्रीकृष्ण पोखरेल, मोतीलाल पाण्डे, पदम श्रेष्ठ, यमला लोहन, कृष्णप्रसाद घिमिरे, माधव नेपाल, जोगलाल विश्वकर्मा, मनिमदिन मिया, प्ष्पा पौडेल, हरिप्रसार पोखरेल, होमराज बस्याल रहनु भएको छ भने बाकि सदस्य जिल्ला तथा नगर संघहरुको सिफारिसमा पछि थप गर्ने निर्णय भएको छ । 


    यसअघि भेलाको उद्घाटनको अवसरमा बोल्ने बक्ताहरुले व्यवसायीहरुको हकहित र संरक्षणका लागी व्यवसायीहरुको एकतामा जोड दिदै व्यापार संघको प्रदेशस्तरिय सञ्जाल निमार्णमा जोड दिइएको थियो । राजनीतिक संरचना अनुसार व्यवसायी तथा पेशागत संघसंस्थाहरुको पनि संरचनाको विकास गरिएमा त्यसले आर्थिक गतिविधि बढाउन र व्यवसायीक समस्याहरुको पहिचान तथा समाधानमा बल मिल्ने धारणा व्यक्त गरिएको थियो । 


    कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डे, पदमप्रसाद श्रेष्ठ, यमलाल लोहनी, गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गा पाण्डे देवदह व्यापार संघका अध्यक्ष कोशबहादुर गुरुङ्ग, अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्रबहादुर खड्का, सैनामैना व्यापार संघका वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, सैनामैना व्यापार संघका पूर्व अध्यक्ष दुर्गा गौतम, मणीमुकुन्द उद्यान परिषदका अध्यक्ष माधव नेपाल लगायतले धारणा व्यक्त गर्नुभएको थियो ।
    रुपन्देही व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको स्वागत तथा सचिव मनहरी वस्यालको सञ्चालनमा भएको भेलाले नौं बुँदे बुटवल घोषणापत्र समेत पास गरेको छ । 


    जारी घोषणापत्रमा उद्योग र व्यापार अलगअलग प्रकृतिका विषय हुन र राज्यका नीतिहरु पनि तद्अनुरुप हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ भन्दै व्यापारिहरुको छाता संगठनका रुपमा प्रदेशस्तरिय नेटवर्क गठन गरि अघि वढ्ने प्रतिवद्धता जनाइएको छ । 


    समृद्ध राष्ट्रका लागि आर्थिक तथा औद्योगिक विकास अनिवार्य सर्त रहेको उल्लेख गर्दै आर्थिक गतिविधिमा व्यवसायी वर्गको महत्वपूर्ण भूमिका र योगदान रहने हुँदा सो वर्गलाई संगठित गरी उनीहरुको व्यवसायिक एकता, सीप विकास र व्यवसायिक अधिकारको संरक्षण र राष्ट्रिय अर्थतन्त्रको जग बलियो बनाउन अग्रसर हुने जनाइएको छ । 


    घोषणापत्रमा लुम्बिनी प्रदेश पर्यटन र कृषिको प्रचुर सम्भावना र आधार क्षेत्र भएको बताउदै त्यसको सहि उपयोग र विकास गर्न सकेमा समग्र लुम्बिनी प्रदेशको आर्थिक विकासको आधारस्तम्भ बन्ने ठहर गर्दै प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य एवं साझेदारीमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    व्यापार संघ प्रदेश समितिले व्यवसाय विस्तार तथा व्यवसाय प्रवद्र्धनका लागि दरिलो पैरवी गर्दै सामाजिक उत्तरदायित्व वहन गर्ने लक्ष्यलाई प्राथमिकतामा राख्ने, जिल्ला एवं नगर संघहरुवीच अन्तरक्रिया, अनुभव साटासाट एवं नियमित भ्रमणको प्याकेज कार्यक्रमलाई अगाडी बढाउने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरिएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij